Powered by Blogger.
१६ जना महिलाद्धारा मिसेस तामाङका लागि प्रतिभा प्रदर्शन


काठमाडौं, १८ भदौ ।  ‘मिसेस तामाङ–२०१६’का लागि तयारी गरिरहेका सहभागीले शनिबार राजधानीको पुतलीसडकस्थित राजघरना गजलघरमा प्रतिभा प्रदर्शन(ट्यालेन्ट शो) गरेका छन् ।

एसके इन्टरटेन्टमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि तयारी गरिरहेका १६ जना सहभागीले आफ्नो प्रतिभा प्रदर्शन गरे । सहभागीले नृत्य, गीत प्रस्तुत गर्नका साथै विवाहबारे आफ्नो धारणा प्रस्तुत गरे ।

ट्यालेन्ट शोमा संगीतकार मिलन मोक्तान, नृत्य निर्देशक केशव थापा, नृत्य प्रशिक्षक बुद्ध लामा, गायक रोशन फ्युबा, तामाङ डाजाङका प्रकाशक अर्जुन तामाङ, पत्रकार नेत्र तामाङलगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

सहभागीहरु भदौ २८ गते प्रतिस्पर्धामा उत्रदैछन् । उपाधि विजेतालाई स्कुटर प्रदान गरिने इन्टरटेन्टमेन्टकी शान्ताकुमारी लामाले घोषणा गरेकी छन् । तामाङ भाषा, संस्कृति र कललाई सम्बर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको लामाले जानकारी दिइन् ।

‘विवाहपछि मनमा कुरा किचेनमा मात्र सीमित हुन्छ । त्यसैले बाहिर ल्याउन यस्तो कार्यक्रम आयोजना गरेकी हुँ, कार्यक्रमले पक्कै पनि आत्मबल बढाउनेछ, तामाङ कला, संस्कृति, भाषालाई सम्बद्र्धन गर्नका साथै महिला सशक्तीकरणमा पनि यसले सहयोग गर्नेछ,’ उनले भनिन् ।

भदौ ५ बाट तालिम सुरु भएको प्रशिक्षणमा रोजिन शाक्यले कोरियाग्राफीको जिम्मेवारी निभाएका छन् । तामाङ डाजाङका प्रकाशक अर्जुन तामाङले तामाङ भाषामा प्रशिक्षण सुरु गरेका छन् । सहभागीलाई काउन्सिलिङका साथै हरेक दिन नयाँ नयाँ विषयमा कक्षा दिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।




0 comments

Write Down Your Responses