Powered by Blogger.
प्योर लभ प्रशिक्षण सम्पन्न

निबुवाटार,२२ भदौ  /  मकवानपुरको निबुवाटार गाविस अवस्थित बाराही माध्यमिक विद्यालयमा आज बुधबार प्योर लभ सम्बन्धी प्रसिक्षण सम्पन्न भएको छ । सिद्धान्त अनुसन्धान् महाविद्यालय संघ नेपाल (CARP Nepal)  का सदस्यहरु सानोकान्छा घलान, एक्का बहादूर घिसीङ्ग र रुपा लामाको संयोजकत्वमा प्रशिक्षण सञ्चालन भएको हो ।
     यस संघले युुवावर्गमा अहिले आइरहेको विचलनमा सुधार ल्याउने उद्देश्यले ‘प्योर लभ नेपाल’ भन्ने नयाँ अभियान संचालनमा ल्याएको छ । यस अभियानले नैतिकता र पवित्रता मानव शक्ति र व्यक्तित्व हो भन्ने कुरालाई जोड दिँदै आएको छ । अनैतिक कार्यले मानिसको अन्तस्करणको शक्तिलाई ह्रास गर्ने मात्र होइन सवल र आदर्श परिवार, समाज र राष्ट्र निर्माणको लक्ष्यलाई नै रोकिदिन्छ । अनैतिकताले परिवार विखण्डन, सामाजिक अपराध बढिरहेको मात्र होइन सामाजिक उन्नयन र आर्थिक समृद्धिको ढोका पनि बन्द गरिदिन्छ भन्ने तथ्यलाई जोड दिईएको छ ।

कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का करिब ९७ जना  छात्रछात्राहरुको सहभागि रहेको संघका जिल्ला संयोजक सुबास लामाले जानकारी दिनुभयो । कार्प नेपालले नैतिक–सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक ज्ञानमूलक, सेवामूलक र चेतनामूलक जस्ता कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

0 comments

Write Down Your Responses