Powered by Blogger.
बेसाहारा पराजुली बाको उद्धार गर्दाका ति क्षण........

नवराज बजगाई
यो दुनियामा केही पनि स्थायी छैन्, यहाँसम्म कि दुःख पनि । चार्ली चाप्लिनका यी भनाई सिद्ध भएको छ झापाको शनिश्चरेमा ८० वर्षको उमेरमा पनि फोहरको डंगुरमा बसेर जीवन बिताइरहका बेसहारा यी वृद्धका लागि ।

न कुनै साहारा, न त खाने बस्नेको ठेगान, न कुनै परिचय नै । लगभग ८० उमेरको ज्यान हड्डी र छाला बाहेक केही नभएको खाली शरीर फोहरको डंगुरमा घिस्रिदैको जीवन कसैको पनि कल्पनामा नभएको विषय हो । यस्तै पीडामा अभागी बनेर बाँचीरहेका अपरिचित, बेघरबार (पछि हामीले राखेको नाम) ठूला पराजुलीलाई साध्य बनेको छ । 

चाणक्यको एउटा भनाई छ की ‘भाग्यले उसैलाई साथ दिन्छ जो जस्तो सुकै संकटमा पनि बाँचिरहन्छ’ । सन्दर्भ केही दिन अघि हामीले झापाको शनिश्चरेबाट उद्दार गरेका ती वृद्ध बाको हो ।प्रेस चौतारी नेपालको दोश्रो पूर्ण बैठक सिन्धुलीमा सकाएर झापाका पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘जीवनको गति’को विमोचन र विनाशकारी भूकम्पले दिएको पीडा र त्यो पीडाबाट बचेका केहि प्रतिनिधि पात्रको कथावस्तुमा पत्रकार गणेश पाण्डेले बनाउनु भएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (जुन वृत्तचित्र विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ र दर्जनौं अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेको छ) को प्रदर्शनिको लागि हामी झापाको बिर्तामोड पुगेका थियौं । 

दिउँसो सो कार्यक्रम भएका कारण हामी नेपाल कम्युनिष्ट आन्दोलनका चर्चित ५ अगुवाहरुले सहादत प्राप्त गरेका सुखानी जाने जमर्को गरिरहेका थियौं । जुन स्थानमा २०२९ फागुन २१ गते झापा विद्रोहको क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईँकेल, विरेन राजवंशी र नारायण श्रेष्ठले सहादत प्राप्त गरेका थिए । 

त्यही क्रममा अग्रज पत्रकार भाग्यले बाँचेकाहरु डक्युमेण्ट्रीका निर्देशक गणेश पाण्डे र म सँगै थियौँ । शनिश्चरेमा उहाँको आँखा फोहोरको थुप्रोमा लडिरहेका एक वृद्धामाथि प¥यो । हामी सुखानी पुगेर तुरुन्तै पुनः त्यही स्थानमा आयौ जहाँ पहिला देखिएका वृद्धा थिए । 

हामीले स्थानीयहरुलाई सोधपुछ ग¥यौ ती वृद्धाको बारेमा तर उनको बारेमा कोही जानकार थिएन । उनै वृद्धालाई सोध्दा बोल्न र हिँड्नसक्ने अवस्थामा थिएनन् । तुरुन्त हामीले केही खानेकुरा र लगाउने वस्त्रको व्यवस्था ग¥यौ । फोहरबाट सडकमा ल्यायौ ।

त्यतिबेलासम्म हामी महशुस गर्न सक्थ्यौं वृद्धाको मनमा केही आशा जागृत भएको थियो । मानौ कुनै मरुभुमिमा जलाशय भेटिएको यात्रीको अनुहारमा सञ्चारित भाव जस्तै । असल शुरुवात आधा काम सम्पन्न गर्नु हो भन्ने बुझेका हामीले सहजै अनुमान लगायौ उनी साहारा चाहन्छन । जीवनको उत्तराद्र्ध जतिबेला परिवार, छोराछोरी र नातिनातिनाको सामिप्यता र माया सेवा पाउनुपर्नेे समयमा सडकमा बेसहारा बन्नुको पीडा उनका अनुहारमा खुला किताबझै पढ्न सकिन्थ्यो । बा आमालाई वृद्धाश्रममा राखेर घरमा कुकुर पालेर सुरक्षित महशुस गर्ने क्रम विकास भएको वर्तमान समाजलाई राम्रोसँग बुझेका उनै पत्रकार पाण्डेको विशेष पहलमा हामीले वृद्धालाई उद्धार गर्ने निष्कर्ष निकाल्यौ । जुन हाम्रा लागि सहज पक्कै थिएन । कोसौं टाढाबाट एक्लो गएका, सीमित साधनश्रोतको जाहो गरेर कार्यक्रममा पुगेका हामीहरुका लागि कठिन थियो त्यो काम । तर, भाग्यले उसैलाई साथ दिन्छ जो जस्तोसुकै संकटमा पनि दृढ रहन्छ भन्ने भनाईलाई मनन गर्दै उद्धारको निष्कर्ष निकाल्दै स्थानीयसँगको छलफलमा लाग्यौ । 

हामी उहाँलाई खाने, बस्ने, राख्ने सबै व्यवस्था काठमाण्डौमा मिलाउँछौ तर उहाँसम्म पु¥याउने व्यवस्था गर्न हामीले स्थानीयलाई गरेको आग्रह सफल नभए पछि केही व्यवस्था गरेर उहाँको उद्धार गर्ने वाचासहित हामी त्यहाँबाट पुनः बिर्तामोड पुग्यौ । त्यहाँका स्थानीय पत्रकार, नागरिक समाज लगायतसँग छलफल पनि ग¥यौ र सामाजिक सञ्जालमा सहयोगको अपील पनि ग¥यौं । त्यसअघि नै पत्रकार पाण्डेले उहाँलाई साहारा दिने सहयोगी खोजिसक्नु भएछ ।

यो पछि भने पक्का भयो हाम्रो मिशन । हामीले उहाँलाई हामीसँगै बुद्ध एयरको विमानमार्फत काठमाण्डौं ल्याउने निधो ग¥यौ तर नेपालको कानुन बनाउने नै जानुन् भनेझै उहाँको लागि टिकट काट्ने कुनै आधार कानुनले हामीलाई दिएन । उपायको खोजीमा लागेका हामीले नेपाल प्रहरीका डिआजी नवराज सिलवाल, झापाका एसपी शैलेश थापा र प्रमुख जिल्ला अधिकारीको साहायता लियौ । स्थानीयको सर्जिमिन मुचुल्का र प्रहरी रिर्पोटका आधारमा टिकटको व्यवस्था मिल्ने वातावरण बन्यो । 

भोलिपल्ट बिहानै हामी ती वृद्धा बा लाई नुहाईधुवाई र खानपान गराई काठमाण्डौ ल्याउने तयारीमा जुट्यौ र  सफल पनि भयौ । जुन कार्यले त्यहाँको स्थानीय, नागरिक समाज, प्रशासन पनि हामीबाट प्रभावित नहुने कुरै भएन । ट्याक्सीमा विमानस्थलसम्म पु¥याउन केही स्थानीय व्यक्तिहरुसमेत हामीसँगै आउनु भयो । प्रकृतिको अनुकुलताका र ‘पुअर भिजिविलिटी’का कारण तोकिएको समयभन्दा केही घण्टा ढिलो गरेर हामीले उहाँलाई काठमाण्डौं उता¥यौं । 

कुशेऔंशी अर्थात् बाबुको मुख हेर्ने दिनको पेरि फेरीबाट शुरु भएको उद्धारको हाम्रो कार्य तीजको पेरीफेरीमा एउटी चेलीकोमा पुगेर टुंगियो । लामो समयदेखि यस्तै सामाजिक कर्ममा समर्पित नेपालकी छोरी दीक्षा चापागाँई जसले काठमाण्डौको धापासीमा पवित्र समाज सेवा नामक संस्थामार्फत वृद्धाहरुको सेवा गरिरहेकी छिन् उनीकोमा पु¥याएर वृद्धा बालाई आश्रम दियौं । 

लगभग आठ दश घण्टा ती वृद्ध बा को अगाडि हामी देखिएकै कारण पनि उहाँको मुहारमा नपत्याउँदो कान्ति सञ्चारित भएको हामी सहजै महशुस गर्न सक्थ्यौ । केहि नगरी कल्पना गर्नु बेकार हो भन्ने बुझेका हामीले उहाँलाई आश्रम पु¥याएपछि अनुमान लगायौँ कहिल्यै नलडेर बाँच्नुमा भन्दा बारम्बार लड्दै उठ्नुमा धेरै खुशी मिल्दो रहेछ । प्रयाश सार्थक भएपछिको हाम्रो निष्कर्ष  हो यो । 

एउटा निःशब्द व्यक्ति, नाम थर बताउने शब्द पनि निस्कदैन, न त लेखेर व्यक्त गर्न सक्छन् उनी । फोहरको डंगुर उनको दैनिकी थियो । हामीले नाम वा कुनै वाहवाही कमाउन त्यसो गरेका हैनौं जसै मानवीय संवेदना भन्दा माथि उठेर यो काम ग¥यौ, उनी एकाएक चर्चित सेलिब्रेटी भन्दा कम भएनन् । हिजो सम्म सडकको बेवारिसे जीवन आज उनैसँग सेल्फी खिचाउनेको कमी भएन त्यही सडकमै, विमानका परिचालिकाहरु पनि उनीसँग सेल्फी लिन भ्याए । 

यो एउटा फरक परिदृश्य थियो । को हुन् ? कहाँ हो थाँतथलो ? न स्थानीय जानकार छ न त हामी पनि । अब एउटा फरक बिहानी बनेर उदाएकी छिन दीक्षा चापागाई अनि उनको नयाँ दुनियाँ बनेको छ पवित्र समाज सेवा नामक संस्था र सँगै छन् भाग्यले बाँचेकाहरु डक्युमेण्ट्रीका निर्देशक पत्रकार गणेश पाण्डे । 

दुवैसँग जोडिएर मैले पनि केही सहयोगको भूमिका निर्वाह गर्ने मौका पाएँ । त्यसका लागि उहाँहरु दुवैलाई नमन र ती वृद्धा बा को दीर्घायूको कामना ।




0 comments

Write Down Your Responses