Powered by Blogger.
उद्योग वाणिज्य संघले मजदुरको तलब दिलायो

हेटौंडा, २४ भाद्र ।  विगत १० महिला देखि बन्द बफेलो क्वालिटी फुड इण्डष्ट्रिजका मजदुरहरुले मकवानपुर उद्योग वाणिज्य संघको पहलमा सो उद्योगबाट आफ्नो पारिश्रमिक पाउने भएका छन् । बन्द हुनु अघि आफूले काम गरेको पारिश्रमिक पाउन उद्योग व्यवस्थापनसँग माग राखे पनि वेवास्ता गरेको भन्दै एक साता अघि संघमा संयुक्त हस्ताक्षरित निवेदन दिएका थिए । विगत १० महिना अघिबाट नै सो उद्योगको व्यवस्थापन पक्ष सम्पर्क विहीन भएपछि अन्ततः मजदुरहरु संघमा आईपुगेका थिए । संघका अध्यक्ष राजकुमार न्यौपानेको पहलमा मजदुरको समस्या सम्बोधन गर्न सो उद्योगका सञ्चालक मध्येका समीम अन्सारीलाई संघमा बोलाएर उनी सहित मजदुर तथा मजदुर सम्बद्ध संगठन र श्रम कार्यालयका प्रतिनिधि बीच छलफल गराईएको थियो । छलफल पश्चात उद्योग व्यवस्थापन पक्षले दशै खर्च बापत रु.२ हजार सहित ५ महिनाको बाँकी पारिश्रमिक मजदुरहरुलाई उपलब्ध गराउने लिखित प्रतिबद्धता गराईएको थियो ।
सो निर्णयलाई दुबै पक्षले स्वीकार गरेका छन् । छलफल कार्यक्रममा श्रम कार्यालयका चिरञ्जिवी न्यौपाने, नेपाल ट्रेड युनियन काँग्रेस मध्यमाञ्चल उपाध्यक्ष हरि वाग्ले, मकवानपुर जिल्ला अध्यक्ष कुमार पौडेल, कारखाना श्रमिक संघका वीरेन्द्र कुमार लामा, उवासंघका कार्य समिति सदस्य रवि कडेल शर्मा समेतको सहभागिता रहेको थियो । उद्योग सञ्चालनमा रहँदा यहाँ कार्यरत ११३ जना मजदुरहरुले सो उद्योगबाट आफ्नो पारिश्रमिक पाएका थिएनन् ।

0 comments

Write Down Your Responses