Powered by Blogger.
चौतारीद्धारा बिष्ट र एलन पुरस्कृत हुँदै

 रामकुमार एलन

भदौ २४ , मकवानपुर । मकवानपुरमा रही लामो समय पत्रकारिता गरेका पत्रकारद्वय प्रताप बिष्ट र रामकुमार एलन पुरस्कृत हुने भएका छन् । 

प्रेस चौतारी नेपाल मकवानपुर शाखाले व्यवस्थापन गर्दै आएको प्रेमनाथ चौलागाई स्मृति पत्रकारिता पुरस्कारबाट बिष्ट र कितावसिंह लामा स्मृति पत्रकारिता पुरस्कारबाट एलन पुरस्कृत हुन लागेका हुन् । भदौ २५ गते शनिबार हुने छैटौँ जिल्ला अधिवेसनमा पत्रकारद्वय पुरस्कृत हुन लागेको प्रेस चौतारी मकवानपुरका अध्यक्ष शिवकुमार काशीले बताए ।

हेटौँडा एफएमका सञ्चालक समेत रहेका पत्रकार उज्वल चौलागाईले आफ्ना दिवंगत पिता प्रेमनाथ चौलागाईको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट बिष्ट पुरस्कृत हुन लागेका हुन् । पुरस्कारको राशि १० हजार १ रुपियाँ रहेको छ । त्यसैगरी तत्काली नेकपा एमाले जिल्ला कमिटी सदस्य मकवानपुरको राक्सिराङ निबासी किताव सिंह लामा स्मृति पत्रकारिता पुरस्कारबाट एलन पुरस्कृत हुन लागेका हुन् । पुरस्कारको राशि १० हजार रुपियाँ रहेको छ ।

प्रेस चौतारीको बिहीबार भएको सचिवालय बैठकले पुरस्कारबारे निर्णय गरेको हो । बैठकले अधिवेसनको तयारी अन्तिममा पुगेको जनाएको छ । अधिवेसनमा एमाले प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सचिव योगेश भट्टराई प्रमुख अतिथि रहने चौतारीले जनाएको छ । 

चौतारीले आगामी ३ बर्षका लागि नयाँ कार्य समिति समेत चयन गर्नेछ । 

प्रताप बिष्ट


0 comments

Write Down Your Responses