Powered by Blogger.
सिजी फुड्सद्धारा ज्ञान उदय छात्रवृत्ति वितरण


ललितपुर । सि.जी.फुड्स (नेपाल) सैंवु, भैसेपाटीमा बुधवार एक कार्यक्रमको आयोजना गरी ज्ञान उदय छात्रवृत्ति वितरण गरिएको छ । 

कार्यविनायक नगरपालिका वडा.नं.१ र ५ भित्र बसोवास गरी २०७२ सालको सरकारी र नीजि विद्यालयबाट कक्षा पॉंच र एस.एल.सी.तर्फ उत्कृष्ठ अङ्कसहित उत्तीर्ण जेहेन्दार विद्यार्थीलाई एक समारोहबीच उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ५ तर्फ आदर्श सौल उ.मा.वि.की रुमा दर्लामी, माउण्ट मकालु की सीमा राई, बालकुमारी मा.वि.की शर्मिला तामाङ्ग,त्रिलोचन एकेडमीकाअर्वन अर्याल र कारखानामा कार्यरत कामदार÷कर्मचारीका छोराछोरी मध्ये उमङ्गना चौधरी एवम् एस.एल.सी. तर्फ माउण्ट मकालु का दिपेश राना, आदर्श सौलकी सेन्मी राई, प्यारागन पब्लिक स्कुलका सुमन राई र कारखाना तर्फ अभिषेक डंगोल रहेका छन् ।

उक्त छात्रवृत्ति एवं पुरष्कृत प्रतिभाहरूका बारे सि.जी.फुड्स (नेपाल)का प्रशासकीय प्रबन्धक उज्ज्वल जि.सी.ले जानकारी दिनु भएको थियो । वरिष्ठ महाप्रबन्धक ए.के. व्दिवेदीको प्रमुख आतिथ्य एवम् एम.आर.पन्तको सभापतित्वमा संचालित उक्त कार्यक्रमा छनौट समितिका संयोजक के.वि.तुलाधरले मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses