Powered by Blogger.
सरकार मलाई गोली ठोक

वैकुण्ठ ढकाल
पूर्बराष्ट्रपति डाक्टर रामबरण यादबलाई क्यान्सरको उपचार गर्न ६० लाख पेस्की दिने भदौ १० गते बसेको मन्त्रीपरिषदको निर्णयको म नेपाली नागरिकको नाताले स्वागत गर्दछु । नेपालका पहिलो राष्ट्रपतिलाई राज्यले गर्न सक्ने यत्ति सामान्य सहयोग ग¥यो राम्रै भयो । त्यत्ति मात्रै नभई दैनिक ३ सय डलर दैनिक भ्रमण भत्ता पनि दिने निर्णय गरेको छ । यो त झन राम्रो काम भईहाल्यो । त्यत्ति मात्रै हैन तीन जना सहयोगीलाई दैनिक डेढसय डलर भत्ता ।

पूर्बप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्बसांसदहरु, सभासदहरु, पूर्बबिशिष्टहरुलाई राज्यको ढुकुटीबाटै उपचार गरिनु पर्दछ । अझ ब्यक्तिगत खर्चबाट उपचार गर्न सक्नेहरुलाई त झन राज्य कोषबाट रकम दिन कहिल्यै कन्जुस्याई गर्दै नगर्नु । मेरो बिनम्र अनुरोध छ ।

किनकी एक पटक राज्यको उपल्लो निकायमा पुगेकाहरुले राज्यलाई लुटेर सबैजसोले सात पुस्तालाई पुग्ने गरि कुम्लाएका हुन्छन । उनीहरुको पुस्तौपुस्तासम्म पुग्ने गरी त्यो रकम राख्नु पर्छ । किनकी एक पटक राज्यको प्रमुख वा कुनै पदमा पुगेर ओर्लिएपछि उनीहरुको हातपाउ कुँजो हुन्छन् । उनीहरुले केहि गर्नै हुँदैन । पहिले गरिआएका कामहरु त गर्नै हुँदैन । बिभिन्न थरिका मानिस भेला पार्ने सत्तामा हुँदा आफूले यो यो गरें, भनेर आफूले गरेको तील जत्रो कामलाई पहाड बनाउने, अरुको खेदो खन्ने बस्ने त हो । 

नेपालका उच्चपदस्तहरुले अहिले गरिआएका यस्तै यस्तै हुन् । उनीहरुलाइ कमाउनु छँदै छैन, किनकी सबै कुरा राज्यले हेरिदिएको भइहाल्छ । पूर्बराष्ट्रपति डाक्टर यादबलाई क्यान्सर भएछ । मलाई यस्ले मुटुमै छोयो । क्यान्सरले दिने पीडाको साक्षी म हुँ, र त म भन्छु मलाई कथमकदाचित क्यान्सर भईहाल्यो अनि त्यो कुरा सरकारको कानमा प¥यो भने मलाई गोली ठोकी हाल है । केहि सोच्नै पर्दैन, मेरो शरीर राज्यको हो, मेरो स्वास्थ्य राज्यको हो । मेरो शिक्षा पनि राज्यको हो । मेरो कर्म, कर्मबाट प्राप्त फल पनि राज्यको हो । यसर्थ मेरो हरबिषयमा निर्णय गर्ने अधिकार राज्यको हो ।

सरकार भनेको नेपालको सन्दर्भमा अधिकार मात्रै हो । कर्तब्य हैन, राज्यको ढुकुटी बचाउने सरकारको कर्तब्य हैन, खर्च गर्ने अधिकारी हो । यसो भनिरहँदा मलाई क्यान्सर नहोस अनि मेरा लागि सरकारको एक गोली पनि खर्च नहोस । किनकी सरकारलाई म ‘सामान्य’ नागरिकप्रति भन्दा भन्दा धेरै ‘बिशिष्ट’हरुलाई गर्नु आवश्यक छ ।
यी अधिकारीले पछिल्ला वर्षहरु मात्र भीभीआईपी र भीआईपीको उपचारका लागि करिब ६ करोड रुपैयाँभन्दा बढी निकासा गरिसकेका छन । नेपाली कांग्रेसका तत्कालीन सभापित एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई एक करोड ९१ लाख रुपैयाँभन्दा बढी अमेरिकामा उपचार गर्नका लागि दिइएको थियो । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि राज्य कोषबाट एक करोड २६ लाख रुपैयाँ बुझिसकेका छन् । त्यो पनि विदेशमै गएर उपचार गर्न । 

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई उपचार गर्न ५० लाख रुपैयाँ दिइएको थियो । अहिले पूर्वराष्ट्रपति रामवरण यादवलाई सरकारले अमेरिकामा उपचारका लागि आर्थिक निकासा गरेको छ । 

१४ बर्ष अघि प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले अहेब पठाएर, मेरो बाको हत्या ग¥यो । त्यसो नगरेको भए, मेरो बाको मृत्यु मात्रै हुन्थ्यो । कि अलिक अघि हुन्थ्यो कि अलिक पछि हुन्थ्यो । मेरा बाको स्वास्थ्यको सम्पूर्ण निर्णय गर्ने अधिकार अहेबलाई दिएर पठायो, इजाजत बिना मेडिकल खोल्न पनि उसैले दियो । र त निरन्तर पिन किलर दिइदिई मेरो बाको हत्या ग¥यो । 

त्यो अहेबले मैले सकिन, राम्रो ठाउँमा गएर जचाउनु भनिदिएको भए बेलैमा मेरो बाको उपचार हुन सक्थ्यो होला नि, पालुङबाट ३ घण्टाको बाटोमा काठमाडौं आउन मेरा बालाई कसैले पनि रोक्न सक्ने थिएन । सायद समयमै रोग पत्ता लागेको भए, मैले आजसम्म बा भन्न पाउँथे कि ?  कुसेऔंसीको दिन सबै साथीहरुले मेरो बा भनेर फेसबुकमा फोटोहरु हालिरहँदा मैले चाहिं पाईखानामा बसेर कसैले नदेख्ने गरी किन आँसु बगाईरहनु पथ्र्यो र ? 

क्यान्सरको उपचार महंगो छ । सबै नेपालीको पहुँचमा नहुन पनि सक्छ । हो, मेरो बालाई क्यान्सर भएको अन्तिम अबस्थामा मात्रै थाहा भयो । उपचार सम्भब भएन, शुरुमै थाहा भएको भए हामीले उपचार गथ्र्यौ । बाले जोडेको जायजेथा बेचेर उपचार गथ्र्यौं । कमाउन सक्दा जोड्थ्यौं । नसके पाटीमै बसेर भए पनि मागेरै खाएर नि बासंगै त रहन्थ्यौं । बा नरहे पनि बाको उपचारका लागि लागेको ऋणको केहि अंश अझै बाँकी छ ।

मेरो आमाको उमेरको गाउँले आमालाई पनि क्यान्सरले नै चुडेर लग्यो । पुरुष डाक्टरले आमा तपाँईको देखाउनुस त भनेछन् । ती आमै ए म तँलाई देखाउन आएको हो र भनेर बुरुक्क उफ्रेर हिंडिछन् । यहाँ डाक्टरको सोधाई मिलेन सायद । 

आमाले बयष्क भइसकेको कुन चाहिं छोरालाई शरीरको सबैभन्दा गोप्य अंग देखाउलिन् ? फराकिलो समाज देखि नसकेको उपचारको तौरतरिका नबुझेको ग्रामीण महिलालाई जाँच्ने डाक्टर महिला नै भएको भए, सायद ती आमै बाँच्थिन कि ? सरकारले गाउँमा त डाक्टर पठाउन सकेन, ठीकै छ । कम्तिमा शहरमा महिलाको संबेदनशीलतालाई बुझी महिला डाक्टर नै खटाईदिएको भए के बिग्रन्थ्यो र ? 

स्मरण रहोस ती आमैको मृत्यु पाठेघरको क्यान्सरबाट भएको हो । अहिले पनि कहिलेकाहिं घर जाँदा बजारमा क्यान्सरको पीडाको बेथा महिलाहरुले सुनाउने गरेका छन, ती महिलालाई उदाहरण बनाएर । काठमाडौं गए पनि हामीलाई पुरुष डाक्टरले जाच्छन, लाजमर्दो हुन्छ भन्ने धेरैलाई लाग्छ ।  यसले एक चौथाई उमेर बाँकी हुँदै धेरै महिलाले मृत्यु रोज्ने खतरा छ । पाठेघर र स्तन क्यान्सरका लक्षण सहजै थाहा पाइन्छ । तर कसरी थाहा पाउने भन्ने सामान्य तरिका नै हामीले सिकाउन सकेका छैनौं । 

दाँतका डाक्टर पूर्बराष्ट्रपति रामबरण यादबलाई पनि ज्यानको असाध्यै माया लाग्यो, अनि त्यो ‘राम्रो’ ठाउँमा उपचार गराउने लालसा जाग्यो । त्यो सरकारले पूरा पनि गरिदियो । पूर्बराष्ट्रपति त एक जना हुन् र त सक्यो सरकारले अमेरिका पठाएर उपचार गराउन ।  

तीन करोड नेपालीको उपचार अमेरिकामा गराउन राज्यले सक्दैन, त्यो सबैलाई थाहा छ । तर नेपालमै उपचार गर्ने ब्यबस्था मिलाउन सक्छ सरकारले भन्ने सबैलाई थाहा छ । अनि यो पनि थाहा छ, सरकारले सक्ने काम पनि गर्दैन । सरकारले सक्ने त भाषण हो, त्यो गरिरहेकै छ । 

गएको बर्ष भूकम्प जानुभन्दा दुई महिना अघि रिपोर्टिङका लागि बीर अस्पताल पुगेको थिएँ, त्यहाँ क्यान्सर भएर एउटा स्तन काटेर फ्याँकेकी बाग्लुङको एक महिलासंग भेट भयो ।  केमोथेरामी गराईरहेकी महिला र उनलाई साथ दिईरहेका श्रीमानको साझा माग थियो–‘अरु केहि चाहिंदैन सरकारले औषधिमा सहुलियत देओस, त्यो पनि नसके ऋणधन गरेर किनौंला औषधिमा मनलाग्दी मूल्य लिने ब्यापारीलाई कारबाही गरिदेओस ।’ 

तर हामी सबैलाई थाहा छ सरकार त्यसो गर्दैन । सरकार चलाउनेहरुलाई स्वदेशको उपचार चल्दैन, उपचार नै नचल्ने भए पछि सुधार के का लागि गरिरहनु ?

त्यहि समयमा हो, मैलै क्यान्सरका कारण स्तन काटेर फ्याँकेकी र दर्जनौं पटक केमोथेरापी गराएकी भक्तपुरकी शोभा बिजुक्छेलाई पनि भेटें । उनलाई पनि चिनेजानेका सबैले बिदेशमा गएर उपचार गराउन भने रे, तर उनले स्वदेशमै उपचार गराईन । 

शोभा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेकी श्रीमती हुन, चाहेको भए रोहितले राज्य कोषबाट पैसा लिन सक्थे, राज्य कोषबाट नलिए पनि आफ्नै खर्चले बिदेश पठाउन सक्थे । डेढ दशक अघि नै नेपाली चिकित्सालाई विश्वास गरिन्, उपचार गराईन । अहिले पूर्ण स्वस्थ छिन् । तर यो अबधिमा नेपालको स्वास्थ्य क्षेत्र सुध्रिनु पर्ने जति सुध्रिएको चाहिं छैन । कारण नेताहरुलाई स्वदेशको उपचार चल्दैन । 

अहिले पनि पूर्बप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका नाममा बिदेश शयरबाट फर्किएका छन् ।  सायद उपचारका नाममा बिदेश घुम्नुको आनन्द नेताहरुले नेपालमा सबैले उपचार गर्न सक्ने गरी स्वास्थ्यको पूर्बाधार बनाउँदा भेट्दैनन ।

चर्चित साहित्यकार जगदीश घिमिरेले क्यान्सर भएर पनि स्वास्थ्य बिमाका कारण महंगो उपचार गराउन सके  र त जीवनलाई केहि लामो बनाउन सके । नेपालमा पनि स्वास्थ्य बिमाको कुरा आएको छ । कार्यान्वयन गर्ने कस्ले, हेर्न बाँकी छ । 

पूर्बप्रधानमन्त्री शुशील कोइराला क्यान्सरलाई मैले जितें भनेर पछिल्लो समय गर्वका साथ सार्बजनिक कार्यक्रममा भनिरहन्थे तर निमोनियालाई जित्न सकेनन । बिते । जसले जहाँ उपचार गराए पनि हेलचेक्रयाँई गर्दा त सानै ठानिएका रोगले पनि त मरिदो रहेछ नि । 
अहिले बल, शक्तिको उन्मादमा उपचारका नाममा बिदेश शयर गरे पनि भोलि यहीं सुबिधा नभएका कारणले मरियो भने होला के ? भोलि सबै कुरा भएर पनि अस्पताल टाढा भएकै कारणले समय नभएर मरिन्छ । 

समय भनेको काल हो, काललाई जित्ने अहिलेसम्म को जन्मिएको छ र ? आज पो समय भयो, एक महिना अघि नै डाक्टर यादब समय लिएर उपचार गराउन जाँदै छन । के सधैं भरी यत्तिकै समय पाइएला ? 

पैसा भएर पनि क्यान्सरलाई जित्न नसकेका धेरै छन । नेपालकी छोरी मनिषा कोइरालाले क्यान्सर जितेकोमा खुशी भइरहँदा नेपाली छोरा श्रीकृष्ण श्रेष्ठले क्यान्सरसंग पराजय बेहोरेको तथ्य पनि संगै आउँदो रहेछ ।

अमेरिकी बिख्यात नायिका एन्जेलिना जोलीले क्यान्सरबाट बच्न भनेर दुबै स्तन काटेर फालिन, त्यसको बिषयमा उनले न्यूयोर्क टाईम्समा लेख नै लेखिन । उनी अमेरिकामा जन्मिन हुर्किन, बढिन, पढिन अनि आफ्नो आमाले भोगेको दुःख देखेर त्यस अगाबै आफूले त्यसबाट मुक्ति पाउने उपाय सोचिन । 

त्यसको बिपरीत नेपाली चेली बलिउड नायिका मनिषा कोइरालाले क्यान्सर भईसकेपछि मात्रै पाठेघर काटेर फ्याँकिन । मनिषालाई क्यान्सरको बारेमा थाहा नभएको होइन उनका हजुरबा बिपी कोइरालाको पनि क्यान्सरबाटै निधन भएको हो । मनिषासंग ठूलो रकम खर्च गर्न सक्ने क्षमता थियो, बिश्वका जुनसुकै ठाउँमा गएर उपचार गराउन सक्ने हैसियत थियो र अहिले गर्बकासाथ मैले पुर्नजिबन पाएँ भन्न सकिरहेकी छन् ।

मनिषा जस्तै नेपाली चेलीहरु नै हुन् उनीहरुलाई अहिले पनि क्यान्सरको बारेमा थाहा छैन । रोग पहिचान नै नभई मृत्युबरण गरिरहेका छन । अस्पताल गए पनि गलत उपचारको सिकार भईरहेका छन । अस्पताल जानु भनेको उपचार कम दुःख बढि पाउनु हो भन्ने बहुसंख्यकको बुझाई छ । त्यो बढ्दै गएको छ । यो बुझाईलाई गलत साबित गर्ने काम पूर्बराष्ट्रपति, पूर्बप्रधानमन्त्रीहरुको पनि हो । जसले नेपालमै उपचार गराएर यो काम गर्नु पथ्र्यो । तर गरिरहेका छैनन । यसलै त हो दुःख लाग्ने ।

समयमै पत्ता लगाउन सकेमा ४० प्रतिशत क्यान्सर निको हुन्छ । नेपालमा ९० प्रतिशतभन्दा बढी मानिस क्यान्सरको उपचारका लागि समयमै अस्पताल पुग्दैनन । विश्वभरी क्यान्सरका विरामीहरुको तथ्याँक राख्ने ग्लोबोक्यान नामक संस्थाले गरेको अनुमान अनुसार नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका विरामी देखापर्छ ।

अस्पतालमा दर्ता भएका विरामीहरुको संख्याको आधारमा नेपालमा तीव्र रुपमा क्यान्सर रोगीको संख्या बढिरहेको चिकित्सकहरुको भनाई छ । अर्को तथ्यांक अनुसार नेपालमा हरेक वर्ष ४ हजारको हाराहारीमा नयाँ क्यान्सरका रोगी बढिरहेको तर तीमध्ये जम्मा १० प्रतिशत मात्र अस्पताल आउने गरेको बताईन्छ । 

बल्ल–बल्ल आएका पनि जटिल समस्या भएपछि मात्र अस्पताल पुग्ने गरेका छन । क्यान्सरको सामान्य लक्षण देखिनेबित्तिकै उपचारका लागि जाने हो भने बिरामीले पुनजिबन पाउन सक्छन । 

क्यान्सरको सम्बन्ध बंशसंग पनि हुन्छ । एन्जेलिनाले भनेको सुझाब आम नेपालीलाई काम लाग्दो छ । उनले खासगरी स्तन क्यान्सर र पाठेघर क्यान्सरको पारिवारिक इतिहास भएका सबै महिलालाई चिकित्सकसँग सल्लाह गर्न सुझाब दिएकी छन । 

विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरले वर्षमा ४ लाख ५८ हजारको मृत्यु हुन्छ ।  त्यसमा खासगरी अविकसित र अल्पविकसित मुलुकहरुमा बढिको मृत्यु हुने गरेको छ । नेपालमा रोग लुकाउने प्रबृतिले समस्या झनै बढाएको छ । 

सबै एन्जेलिना, मनिषा कोइराला र जगदिश घिमिरे हुँदैनन पनि । भए पनि उनीहरुको कुरा क्यान्सर भएकाहरुसम्म नपुग्न पनि सक्छ । लक्षण यही नै हो भनेर ठ्याक्कै छुट्टयाउन गाह्यो हुने भएकाले पनि समस्या छँदैछ । रोग नलुकाउने र त्यसको कारण, लक्षण भनिदिने अनि रोगको उपचार बिधि र बिकल्पहरु सुझाई दिने हो भने क्यान्सरको छायाँमा रहेकाहरुलाई धेरै नै राहत हुने थियो ।

विकसीत राष्ट्रहरुमा क्यान्सर विरामीहरुको संख्या घटे पनि विकासोन्मुख देशहरुमा भने वर्षेनी वढ्दो छ । क्षयरोग र एचआईभी एड्सबाट मृत्यु हुनेभन्दा क्यान्सरका कारण मृत्यु हुनेको संख्या अत्यधिक छ । ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धुमपान, अस्वस्थकर खानपान, बाताबरणीय प्रभाव रहेको चिकित्सकहरुको दाबी छ । 

नेपालमा रोगको बारेमा थाहा पाएर मात्रै पनि हुने अबस्था छैन । यहाँ त एउटा औषधीमा समेत कमिशनको खेल छ । उपचारका लागि पुग्ने बिरामीहरुमा कमिशन, शैयामा कमिशन, सरकारीबाट निजी अस्पतालमा लैजान कमिशन, एम्बुलेन्समा कमिशनको जमाना आएको छ । एकाधलाई छाड्ने हो भने रोगको बारेमा जानेको भनिदिंदा समेत कमिशन वा पैसा लिनुपर्छ भन्ने प्रबृति हुर्किदै गएको छ । 

रोग चिनेर अस्पताल पुगे पनि ढिलासुस्तीले गलत उपचारले वा यस्तै यस्तै कारणले मानिस मरिरहेका छन । रोगको पीडाले भन्दा पनि स्वास्थ्यकर्मीले, अस्पताल प्रशासनले वा चरम कर्मचारी तन्त्रले बिरामीलाई गिजोली गिजोली मार्नुभन्दा मैले सहज मृत्युबरण होस भनेर सरकारसंग गोलीको आग्रह गरेको हुँ । 

bd.palung@gmail.com


0 comments

Write Down Your Responses