Powered by Blogger.
‘क्यान कम्टेक’ले अफर मात्र नभएर सुचना र प्रविधिको क्षेत्रमा नयाँ आयाम सुरु गर्छ

बिश्वराम बलामी , महासचिब, क्यान महासंघ

क्यान ईन्फोटेक र क्यान सफ्ट्टेक आयोजना गर्दै आएको क्यान महासंघले पहिलो पटक क्यान कम्टेक आयोजना गरेको छ । ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसनलाई बिशेष प्राथमिकताका साथ राजधानीको भृकुटीमण्डपमामा जारी मेलामा प्रविधिको पछिल्लो उत्पादनहरु सार्वजनिक भईरहेको छ । यसै सेरोफेरोमा रहेर महासंघका महासचिव बिश्वराम बलामीसँग गरेको कुराकानीको सम्पादित अंश ः

पहिलो पटक कमटेक गर्दै हुनुहुन्छ, अवधारण चाँही कसरी आयो ?

कमटेक आवश्यकता किन भन्ने सम्बन्धमा हामीले के बुझ्न जरुरी छ भने क्यानले पछिल्लो २५ बर्षदेखि  क्यान इन्फोटेक हरेक बर्ष जनअरी र फेब्रुवरीमा गर्दै आएको छ । हामीले यसरी इन्फोटेक गरेको अवस्थामा हाम्रो भिजिटर र एक्जिभिटरले पनि बर्षमा दुई पटक इन्फोटेक हुन प¥यो भन्ने आवाज आएको अवस्था थियो । यस हिसाबमा हामीले बर्षमा दुई पटक इन्फोटेक गर्नुभन्दा एक  पटक कम्टेक गर्दा लोड कम हुन्छ कि  भन्ने हाम्रो मान्यता हो । कम्टेकले अफर मात्र नभएर सुचना र प्रविधिको क्षेत्रमा नयाँ आयाम सुरु गर्ने बिश्वासका साथ यो सोचको जन्म भएको हो ।

आजको २१ औ शताब्दिमा महत्वपूर्ण कुरा कम्टेक भनेको डेडिकेटेड कम्युनिकेशन टेक्नोलोजी हो । कम्टेक कम्युनिकेशन टेक्नोलोजी उद्योगका लागि भाईटल टूल्स हो । नेपाल सरकारको र सम्बन्धित निकायको ध्यानाकर्षण गर्न र नेपालमा भएको कम्युनिकेशन इन्डस्ट्रीको वास्तविकता उजारण गर्नका साथै उपलब्ध सेवा र सुविधाहरु आम मानिससम्म पुया¥उने र भविष्यको नीति निर्माण गर्नका लागी कम्युनिकेसन टेक्नोलोजीलाई मुख्य प्राथमिकतामा राख्नु पर्छ भन्ने संदेश दिनका लागी कम्टेकको आयोजना गरिएको हो । 

अवलोकनकर्ताले के पाउँछन ?

सामान्यरुपमा भन्नुपर्दा बिकसित भैरहेका प्रविधिहरुको बारेमा जानकारी र सचेतना दिनका लागी कम्टेक गरिएको हो ।   क्याटोगरिकल्लि अवलोकनकर्ताले बिगतमा बजारमा आइसकेका प्रविधिका बिकसित रुप र विभिन्न कम्पनीले ल्याएको नयाँ प्रोडक्टहरुको जानकारी र सेवा पाउने छन् । बजारमा भईराखेको प्रविधिको नयाँ भर्सन समेत अवलोकनकर्ताले पाउनेछन् ।  तपाईहरुले कम्टेकमा जे देख्नु हुन्छ, त्यो नयाँ भर्शनमा नयाँ आउटलुक सहित देख्नु हुन्छ । नेपाली बजारमा बिकसित संचार र प्रविधिसंग सम्बन्धित धेरै कुरा यो कम्टेकमा आउनेले पाउने छन् ।

कम्टेक कुन उमेर समुहलाई लक्षित गरिएको हो ?

महत्वपूर्ण कुरा के हो भने आजको परिस्थितिमा सुचना प्रविधि सबैलाई चाहिएको छ र सबैका लागि उत्तिकै महत्वपूर्ण छ ।  सुचना प्रविधिको बढी भन्दा बढी प्रयोग कसरी गर्ने भन्ने कुरा सबैको चासोको बिषय समेत हा े।  एन्ड्रोइड या स्मार्टफोनमा यति धेरै फिचर छन् जसको ५० प्रतिशत भन्दा बढी हामीले  सिकेका  छैनौं । 

 १० प्रतिशत मात्र प्रयोगमा आइरहेको छ । यस अर्थमा सबै उमेरसमूहलाई यो कम्टेक उत्तिकै महत्वपूर्ण हुनेछ । आजको दिनमा सुचना तथा संचार प्रविधिसंग सम्बन्धित कुनै सेवा लिन खोज्नेहरुका लागी यो एउटा उपयुक्त अवसर हो जहाँ प्रविधिसंग जोडिएका धेरै कुराहरु एकै छानामुनी उपलब्ध हुने छ । अवलोकनकर्ताले तुलनात्मक अध्ययन गरी आफुलाई  अनुकुल प्रोडक्टको छनौट गर्न पाउने छन् । 

साथै नेपालमा पछिल्लो पटक लेटेस्ट के के भैरहेको छ र कुन किसिमका ट्रेन्ड चलिरहेको छ भन्ने कुराको ज्ञान यो कम्टेकबाट मिल्ने छ । तसर्थ यो कम्टेक सबै उमेर समुहलाई उपयुक्त छ ।

हरेक एक्स्पोमा उपभोक्ताको चासो भनेको छुट र सहुलियत हो , यो कम्टेकमा यस्तो चिन्तन राख्नेका लागी के छ ? 

क्यान इन्फोटेकमा छुट र बिशेष सहुलियत सहित सामानहरु पाइन्छ भनेर इन्फोको एक महिना अगाडी देखि नै सामान खरिद नगरी बसेको धेरै उदाहरण हामीले भेटेका छौ । यो कम्टेक पहिलो भएकोले त्यस्तो अवस्था त छैन तर कम्टेकमा सहभागिता जनाएका सबैसंग कुनै न कुनै अफर छ । आजको दिनमा कम्टेकमा त्यस्तो कुनै कम्पनी छैन जोसंग कुनै अफर नहोस् । 

कम्टेकमा संचार प्रदायक कम्पनीमा टेलिकम बाहेक अन्य कम्पनीको उपस्थिति हुन नसक्नुलाई क्यानको असफलतासंग जोड्न मिल्छ ?

क्यानको स्थापनाकालदेखि आजसम्मका हरेक इभेन्टहरुमा दुरसंचार कम्पनीमा टेलिकमको साथ मिल्दै आएको छ । र, क्यान स्थापनामा पनि टेलिकमको ठुलो योगदान रहेको छ । क्यानका सदस्यहरुमा टेलिकमका इन्जिनियरहरुको उपस्थिती बाक्लो छ । यस अर्थमा दुरसंचार कम्पनीमा टेलिकम र क्यानको निकटता हुनु सामान्य जस्तै लाग्छ । 

राजधानी बाहिरका क्यानका कार्यक्रमहरुमा अन्य दुरसंचार कम्पनीको उपस्थिति देखिएपनि राजधानीमा हुने एक्स्पोमा उहाँहरु सहभागी नहुनुको कारण थाहा छैन ।  तर सत्य यहि हो कि सबै दुरसंचार कम्पनीहरुलाई क्यानको इभेन्टमा सहभागी हुन हामीले प्रस्ताव गरेका छौ ।
  
क्यान महासंघ अहिलेको अवस्थामा इभेन्टको हिसाबले नम्बर १ नै छ । संस्थागत हिसाबमा अन्य संस्था ठुलो भएपनि इभेन्टको हिसाबमा क्यान  नेपालमा पहिलो नै छ । तर हामीले समेट्न खोज्दा खोज्दै पनि एनसेल जस्ता संचार प्रदायक कम्पनी क्यानको इभेन्टमा आउन नसक्नु सोचनीय बिषय नै हो ।

कम्म्टेकमा एनसेलको उपस्थिति हुँदा अझै प्रभाबकारी हुन्थ्यो जस्तो लाग्दैन ?

हामीले उहाँहरुलाई प्रस्ताव गरेकै हो । नेपाल टेलिकम लगायत अन्य धेरैलाई समेटेका नै छौ ।  एनसेललाई समेट्न नसक्दा प्रश्न  उठ्नु स्वाभाविक नै हो । एनसेल पनि आउनुपर्छ भन्ने मेरो धारणा छ । प्रस्ताव पनि गरेकै हो ।  एनसेल पनि क्यानको सदस्य हो  त्यसकारण पनि उहाँहरुको उपस्थिति आवश्यक छ । 

कम्टेकमा आउनेहरुले के कस्तो प्रविधिहरुका बारेमा जान्न र किन्न पाउने छन ?

कमटेकमा प्रविधिजन्य सब सामाग्रीहरु उपलब्ध हुनेछ । ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, इलेक्ट्रोनिक्स, सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स पावर सोलुसन मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युट, पेमेन्ट सोलुसन्स् लगायतका स्टलहरु रहनेछन् । सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धी जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ । ब्रोडब्याण्ड ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विशेष सहुलियत सहितका प्याकेजहरु सार्वजनिक गर्दैछन् ।

नेपालमा ब्रोडब्याण्ड ईन्टरनेटको अवस्था कस्तो छ ?

पछिल्लो समय नेपालमा पनि ब्रोडब्याण्ड ईन्टरनेटको माग र आकर्षण बढ्दो छ । नेपाल टेलिकमले पनि पछिल्लो समय ब्रोडब्याण्ड ईन्टरनेटलाई जोड दिएको छ । बिश्वमा ब्रोडब्याण्ड ईन्टरनेटको तिव्रतर माग भईरहेको परिप्रेक्ष्यमा नेपालमा पनि यसको विस्तार गर्न आवश्यक देखेर नै कम्टेकमा विशेषरुपमा यसलाई प्राथमिकतामा राखिएको हो ।

क्यान महासंघले एक्स्पो र इभेन्टका साथै अरु के कस्तो कामहरु गरिरहेको छ ?

नेपालमा एक्जिभिशनको ट्रेन्ड क्यानले ल्याएको हो । आज भन्दा २४ बर्ष अगाडी कृषि मेला र यस्तै यस्तै केहि इभेन्ट बाहेक अन्य एक्जिभिसन हुन्थेन । तर सन १९९५ देखि हामीले इभेन्ट चलाउँदा हाम्रो इभेन्टको ब्राण्ड बन्यो । 

यही ब्रान्डिङले गर्दा हाम्रो अन्य गतिविधि छायाँमा परेको हो कि जस्तो लाग्छ । क्यान महासंघको गतिविधिलाई हेर्ने हो भने हामी बिगतको संघ देखि कम्युटर महासंघ सम्मको अवस्थामा आउँदा हाम्रो गतिविधिमा ठूलो परिवर्तन आएको छ । हाम्रो गतिबिधिहरु विकेन्द्रित भएका छन । अहिले राष्ट्रिय स्तरमा हाम्रो गतिविधिहरु भैरहेका छन। 

देशका ५४ जिल्लामा क्यानका शाखा कार्यालयहरु संचालनमा छन् । देशका विभिन्न ठाउहरुमा हाम्रा गतिविधिहरु भईरहेका छन् । हाम्रा कामहरु भैरहेका छन् । प्रत्येक महिनामा ५÷६ वटा कार्यक्रमहरु भई नै रहेका छन् ।




0 comments

Write Down Your Responses