Powered by Blogger.
मामाघरमा संरक्षित भान्जाहरुलाई शैक्षिक सामाग्री प्रदान


हेटौडा, २३ भदौ । लियो क्लव अफ भुटनदेविले मामाघरमा संरक्षित भान्जाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । 

राष्ट्रिय शिक्षा तथा विश्व साक्षरता दिवसको अवसर पारी क्लवले भान्जाहरुलाई कापी, कलम, सिसाकलम, ज्यामिति बक्स, कलर पेन्सिल, इलेजर ,सार्पनर लगायतका सामाग्री वितरण गरिएको कार्यक्रमका संयोजक पंकज यादवले जानकारी दिनु भयो । 

मामाघरमा भान्जाहरुको शैक्षिक क्षेत्रमा केहि सुधार तथा सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गरी मामाघर नेपालका भान्जालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको क्लव अध्यक्ष अर्नुज लामिछानेले जानकारी दिनु भयो । लियो क्लव अफ भुटनदेविका जन सम्र्पक अधिकृत  रुपक कालिराजले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नु भएको थियो । 

क्वलका अध्यक्ष अर्जुन लामिछानेको सभाध्यक्षता तथा एम्बेस्डर अफ गर्भनर ( ए.ओ.जि) लायन करुणा महतको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अतिथि महतले यस क्वलले सामाजिक कार्यामा देखाएको लगाव प्रति आफु अत्यन्तै हर्षित भएको बताउनु भयो । अबका दिनमा यसरी नै सामाजिक कार्य लाग्नको लागि प्रेरणा दिँदै आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । 

त्यस्तै लायन्स कोएस्ट कोडिनेटर लायन तासी डोल्मा तुम्बाहाम्फेले युवाहरु सामाजिक कार्यामा लाग्नु सकारात्मक पक्ष भएको बताउँदै यस क्वलको जुन सुकै कार्यक्रममा सहयोग गर्न तयार रहेको समेत बताउनु भयो । 

लायन्स क्लव अफ भुटनदेविका अध्यक्ष लायन निलम वैद्यले यस क्लवका युवाहरुको लगानशिलता देखेर गर्व लागेको बताउँदै धार्मिक तथा सामाजिक कार्यमा लागि समाजलाई परिवर्तन गर्नको लागि उल्लेखनीय भूमिका खेल्न आग्रह गर्नु भयो । 

मामाघर नेपाल मकवानपुरका सचिव देवराज लामिछानेले यस क्वलले राष्ट्रिय शिक्षा तथा विश्व साक्षरता दिवसको दिवसमा शिक्षाबाट वञ्चित रहेका लक्षित वर्गलाई सहयोग गरेको प्रति क्लवलाई धन्यवाद दिदैँ यस क्लवले यस्तै सामाजिक कार्यमा लाग्नको लागि आग्रह गर्नु भयो । 

मामाघर नेपाल स्थापनाको पाँच वर्षको अवधिमा एक सय ४७ जनालाई सडकबाट उद्दार गरेको र १ सय ३ जनालाई परिवारमा पुर्नस्थापना गरिसकेको मामाघर नेपाल मकवानपुरका सचिव देवराज लामिछानले बताउनु भयो । हाल संंस्थामा २१ जना आश्रित रहेको छन् । सो कार्यक्रममा लियो क्लव,लायन्स क्लवका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses