Powered by Blogger.
प्रेस चौतारी मकवानपुरमा नयाँ नेतृत्व



२५ भदौ, हेटौंडा । प्रेस चौतारी मकवानपुरको छैठौं जिल्ला अधिवेशन हेटौडामा शनिवार सम्पन्न भएको छ । अधिवेशनले विभिन्न प्रतिवेदनहरू पारित गर्नुका साथै तीन वर्षको लागि नयाँ कार्यसमिति चयन  गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा प्रकाश दाहाल, उपाध्यक्षमा रामशरण दुलाल, सचिवमा दिपेन्द्र रोक्का, सह—सचिवमा पुष्पराज अधिकारी, कोषध्यक्षमा अम्रिता नेपाल र सदस्यहरुमा रुपक कालिराज, विवश अधिकारी, निराजन गोपाली उज्वल अधिकारी, आरति ढकाल, नविन तिमल्सिना, हरि मिजार, किरण नेपाल, शान्ति सुनुवार, रोशन श्रेष्ठ, सुनिल गौतम, अलि हुसैन, सरस्वती तिमल्सिना र देवराज रुम्बा रहेका छन् ।

सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष प्रकाश दाहालले आफूलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिदैं प्रेस चौतारी मकवानपुरलाई अबका दिनमा नयाँ ढंगबाट लैजाने प्रतिज्ञा गरे । उनले सबैको साथ सहयोगको अपेक्षा गर्दै संस्थाको उद्देश्य प्राप्तिमा नयाँ कार्यसमिति लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनको नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन गर्दै नेकपा एमालेको बहुमतको निम्ति प्रेस चौतारीको  मिसन भएको बताउदै पेशागत र व्यवसायीक मागहरु प्रति नेकपा एमाले सम्वेदशिल रहेको बताए । 

 उनले पत्रकारहरुको न्यूनतम पारिश्रमिक एमाले सरकार भएको बेलामा लागू गराइएको स्मरण गर्दै सञ्चार गृहहरुलाई न्यूनतम पारिश्रमिक लागु गर्नको लागि ध्यानकषर्ण गरे । न्यूनतम पारिमिक लागु गर्नको लागि नेकपा एमाले कटिवद्ध रहेको र नेपालको सञ्चार क्षेत्रलाई अझै जनउत्तरदायी, व्यवसायिक र क्षमतावान बनाउन नेकपा एमाले प्रतिवद्ध उनको भनाई थियो ।

उद्घाटन सत्रमा विशिष्ठ अतिथिको रुपमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रीय सदस्य बिरोध खतिवडा, चौतारी बरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष विश्वमणी सुवेदी, एमाले जिल्ला कमिटि अध्यक्ष मुनु सिग्देल लगायतको उपस्थिति थियो । 

सोही अवशरमा मकवानपुरका पत्रकारद्वय प्रताप बिष्ट र रामकुमार एलन पुरस्कृत भएका छन् । 




0 comments

Write Down Your Responses