Powered by Blogger.
चौघडा साकोसको साधारणसभा सम्पन्न

हेटौंडा,२५ भाद्र /  चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चौघडाको आठौं बार्षिक साधारणसभा बंशगोपाल उमाविको सभाहलमा सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको शहरी विकास अनुसन्धान तथा वातावरण महाशाखा प्रबन्धक वि.के.महर्जनको प्रमुख आतिथ्यतामा भएको सभामा कृषि वनविज्ञान विश्व विद्यालयका सहायक डिन डा.बलराम भट्ट, हेटौंडा वडा नं ६ सचिव केशब बोहरा, संजीवनी साकोस उपाध्यक्ष दानबहादुर थापा, हेटौंडा साकोस अध्यक्ष इन्द्रबहादुर बस्नेत, जनकल्याण साकोसका नारायण अधिकारी, रानी सामुदायिक वनउपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपाने, बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष साधुराम चौंलागाई, अल्पाइन डेभलपमेन्ट बैंक लि., चौघडा शाखाप्रबन्धक सुदीप क्षेत्री, बंशगोपाल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रमेशप्रसाद लामिछाने, जिल्ला सहकारी संघ मकवनापुरका बेदनाथ न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले आ.व.२०७२÷७३ को प्रगति प्रतिवेदन एवम् २०७३÷७४ को योजना तथा कार्यक्रम र लेखा संयोजक धु्रब अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । एक हजार दुई सय शेयर सदस्य रहेको सहकारीमा आठ करोड २९ लाख आठ हजार आठ सय ५१ निक्षेप संकलन र ७ करोड ७८ लाख १३ हजार ३ सय ९९ लगानी रहेको छ । साथै संस्थाले आ.व.२०७३÷७४ मा शेयर पुँजी एक करोड ६ लाख र शेयर सदस्य संख्या बृद्धि गरी एक हजार पाँच सय तथा ११ करोड निक्षेप संकलन र १० करोड शेयर सदस्यमा लगानी गर्ने लक्ष्य लिएको छ । 
कार्यक्रममा शेयर सदस्यमध्ये उत्कृष्ट बचतकर्ता राजेन्द्र फुँयाल र उत्कृष्ट ऋणीद्वय कल्पना सापकोटा र कल्पनामाया बल तथा उत्कृष्ट कर्मचारी प्रशन्नलाल श्रेष्ठलाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
संस्थाका सदस्य मंगलमाया मानन्धरले शुभकामना मन्तव्य व्यक्त गरेको सभामा संस्थाका सल्लाहकार रविन्द्र गौतम, बंशगोपाल क्याम्पस प्रमुख रमेशप्रसाद लामिछाने, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव अर्जुनप्रसाद हुमागाईले गरेका थिए ।   

0 comments

Write Down Your Responses