Powered by Blogger.
संघको विमा सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा,२ आश्विन /  मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा संघको सभाकक्षमा आज विमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न प्राकृतिक, भौतिक कारणबाट व्यवसायिक प्रतिष्ठानमा पर्न सक्ने जोखिमबाट व्यवसायीलाई विमा मार्फत सुरक्षित गराउन सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले मकवानपुरका व्यवसायीहरुले व्यवसायिक विमा गरी ढुक्क हुन आग्रह गर्नु भएकोछ । प्रुडेन्सियल एन्सुरेन्स कम्पनीको सहयोगमा भएको कार्यक्रममा सो इन्सुरेन्सका सिईओ वीरकृष्ण महर्जनले आजको व्यवसाय विमासहितको व्यवसाय हुनु पर्नेमा जोड दिनु भएको छ । प्रुडेन्सियल इन्सुरेन्सले सहयोग स्वरुप संघमा आवद्ध व्यावसायिक सदस्यहरुलाई विमा सम्बन्धि जानकारी दिन विमा विज्ञहरु उपलब्ध गराएको थियो ।
कार्यक्रममा प्रुडेन्सियल इन्सुरेन्सका अमरबहादुर गौतम, सुजन श्रेष्ठ, अर्जुन सुवेदी, उवासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, लवशेर विष्ट, विष्णु खनाल, महासचिव महेन्द्र राउत, सदस्यहरु काव्यमणी अधिकारी, अनिल अग्रवाल, छतेन्द्र आचार्य, विष्णुगोपाल महर्जन, सल्लाहकार विजेन्द्र अग्रवाल लगायत विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । विमा सचेतना कार्यक्रम संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

0 comments

Write Down Your Responses