Powered by Blogger.
विद्युत प्राधिकारण हेटौडा वितरण केन्द्रका कार्यालय सहयोगी ३२ हजार घुस सहित रंगेहात पक्राउ



हेटौडा,४ असोज ÷ अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौडाले विद्युत प्राधिकारण हेटौडा वितरण केन्द्रका एक कर्मचारी घुस रकम सहित प्रकाउ गरेको छ । अख्तियारको क्षेत्रिय कार्यालयबाट गएको टोलीले आज दिउँसो ३२ हजार रुपैँया घुस लिदै गर्दा धनबहादुर विकलाई नगद सहित पक्राउ गरेको हो ।

विक सहित रकम मिलाउन सहयोग गरेका इलेक्ट्रीसियन विष्णु चौलागाइलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । सात हजार पर्ने मिटर जडानको लागि चिसापानीका एक सेवाग्राहिसँग ३२ हजार मागेपछि उनले विप्लव नेतृत्वको नेकपा माओवादीसँगको सहकार्यमा खख्तियारमा सम्पर्क गरेका थिए ।

घुस मागेको प्रमाणीत भएपछि कार्यलयकै सहयोगमा विकलाई रंगेहात पक्राउ गरिएको प्रत्रकार राज सापकोटाले जानकारी दिनु भयो । पक्राउ गर्नको लागि इनिस्पेकटर ढुण्डीराज न्यौपाने र अख्तियारका विदुर सिवाकोटी सहितको टोली पुगेको थियो ।

0 comments

Write Down Your Responses