Powered by Blogger.
नेपाललाई असफल राज्य घोषित गर्ने खेल : दाहाल

हेटौडा,४ असोज ÷ नेपाललाई असफल राज्य घोषित गरेर बहुराष्ट्रिय सेना उतार्ने तयारी रहेको राष्ट्रिय जागरण अभियान नेपालका कार्य संयोजक भरत दाहालले बताउनुभएको छ । आज हेटौंडामा भएको अभियानको भेलामा दाहालले भारत अहिले संघियता र पहिचानको लाइनबाट राष्ट्र टुक्राउने खेलमा लागिरहेको दाबी समेत गर्नुभयो । कार्यक्रममा नेकपा मालेका भिमसेन महत, राप्रपाका सिताराम बर्तौला, अभियानका अभियन्ता आनन्दराम पौडेल, नेकपा माओवादीका गोकुल दाहाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
विभिन्न क्षेत्रका व्यक्तित्व सम्मिलित भेलामा अभियानका केन्द्रीय सदस्य केशव तौजले श्रेष्ठ, पत्रकार गिरीजा अधिकारी, जनक मान डंगोल, कृष्णराज कोइराला, बालकृष्ण दाहाल लगायतकाको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses