Powered by Blogger.
कोरियाको मेलामा मकवानपुरे किवीको प्रबद्र्धन

हेटौडा,६ असोज  / आश्विन ४ देखि १६ सम्म दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टिी कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी आज दक्षिण कोरिया प्रस्थान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष न्यौपानेले बताउनु भएकोछ । महोत्सवमा एक गाउँ एक उत्पादन अन्तर्गत मकवानपुरमा उत्पादन भएको किवीको बजारीकरण, स्थानीय हस्तकला, पर्यटन क्षेत्रको विकासका लागि आफूहरुभाग लिन गएको संघका महासचिव राउतले बताउनुभएकोछ । महोत्सवका अलावा स्थानीय वाणिज्य संघसँग भेटघाट र सहकार्य, मकवानपुरमा समेत सम्भावना रहेका उद्योग कलकारखानाको अवलोकन गर्ने कार्यक्रम रहेको संघका सदस्य चौलागाईंले बताउनु भएकोछ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा मउवासंघका उपाध्यक्ष कृष्ण अग्रवाल तथा सल्लाहकार बालकृष्ण चौलागाईले विदाई गर्नु भएको थियो । दक्षिण कोरियामा रहेका नेपालका यज्ञराज सुवेदी र रमेश उप्रेतीको विशेष पहलमा नेपालले सो महोत्सवमा आफ्नो प्रतिनिधित्व गराउन सकेको हो । 

0 comments

Write Down Your Responses