Powered by Blogger.
जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ४२ वर्ष पछि पक्राउ

हेटौडा,६ असोज / मकवानपुर प्रहरीले ४२ वर्ष पछि फरार अभियुक्त पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा मकवानपुर जिल्ला अदालतले २०३१ साल असार १२ गतेको ३ वर्ष कैद फैसला गरेका हेटौँडा ५ बस्ने वर्ष ६६ का शिबे कार्कीलाई प्रहरीले हेटौँडाबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी अदालत पेश गरिएकोमा सजाय भुक्तानको लागी कारागार कार्यालय भिमफेदी पठाईएको मकवानपुर प्रहरी प्रवक्ता बामदेव गौतमले बताउनुभयो । यसैबीच प्रहरीले किर्ते मुद्दाका प्रतिबादी पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा तथा जिल्ला प्रहरी कार्यालय, मकवानपुर बाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते मुद्दाका प्रतिबादी हेटौँडा २० घर भई हाल हेटाँैडा ५ बस्ने वर्ष ३६ का बासुदेव गजुरेललाई काठमाण्डौ ६ स्थित बौद्ध जोरपाटीमा पक्राउ गरेको हो । 
यस्तै मकवानपुर प्रहरीले जुवा (तास) खेल्ने ६ जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटाँैडा १७ स्थित कुखुरा पाल्ने टहरामा जुवा (तास) खेली रहेको उनीहरुलाई तीन हजार नौ सय दस रुपैया नगद र तीन बुक तास सहित पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको मकवानपुर प्रहरी प्रवक्ता बामदेव गौतमले बताउनुभयो । 
। 

0 comments

Write Down Your Responses