Powered by Blogger.
मजदुर संगठन श्रम कार्यालयमा दर्ता



हेटौडा, ६ असोज । नयाँ शक्ति निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ एशियन पेन्ट्स इकाइले प्रतिष्ठान स्तरको ट्रेड यूनियन श्रम कार्यालय हेटौंडामा दर्ता गरेको छ । इकाई अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा प्रतिष्ठान स्तरको इकाई दर्ता गरिएको हो । 
नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन परित्याग गरि नयाँ शक्ति निकट मजदुर संगठनको प्रतिष्ठान दर्ता गरिएको खड्काले जानकारी दिनुभयो । यसरी माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संगठन परित्याग गर्नेहरुमा इकाइका अध्यक्ष यज्ञ प्रसाद अधिकारी, उपाध्यक्ष र अमरदिप रञ्जीतकार, सचिव श्रीकृष्ण भण्डारी, सह सचिव खड्का, कोषाध्यक्ष दिपक थापा रहेका छन् ।
 त्यस्तै सदस्यहरुमा प्रचण्ड घिमिरे, लक्ष्मण छत्कुली, रमेश दाहाल, नरेन्द्र थापामगर, राजन सहनी, लाहान थारु लगायत सल्लाहकार द्वय दिपक तिमल्सिना र सोमनाथ तिमल्सिना समेत नयाँ शक्ति निकट औद्योगिक मजदुर संघमा प्रवेश गरेको मजदुर उत्प्रेरक ज्ञानेन्द्र लामिछानेले जानकारी दिनुभयो । १ यस १८ मजदुर सदस्य रहेको संगठनको ५९ जनाले समाजवादिमा मजदुर संघमा प्रवेश गरिएको हस्ताक्षर समेत गरिएको दाबी समेत लामिछानेको रहेको छ । लामिछानेले यस अघि नै संगठन छोडेर नयाँ शक्ति मजदुर संघमा आबद्ध भएको समेत दाबी गर्नुभयो भने केन्द्रले लामिछानेलाई यस अघिनै जिल्ला सदस्यबाट कारवाहि गरिसकेको जनाएको छ । 

0 comments

Write Down Your Responses