Powered by Blogger.
शिक्षकलाई छतिवनमा तालिम


मकवानपुर, ८ असोज ।  छतिवन गाविसका ३१ विद्यालयका शिक्षकहरुलाई बालअधिकार तथा किशोरी अधिकार सम्बन्धी २ दिने तालिम दिइएको छ ।  

जिल्ला शिक्षा कार्यालय मकवानपुरको सहकार्य एवम् सिविन नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन नेपाल हेटौंडाको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम गाउँ संरक्षण समितिका सदस्य कुमारराज स्याङ्वोको सभाध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति ललन चौधरीकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले जिल्ला स्थित सम्पूर्ण विद्यालयहरुमा किशोरी मैत्री शौचालय निर्माण नभइ सकेको अवस्था, बालिका तथा किशोरीहरु विद्यालयमा महिनावारी हुँदा विद्यालयमा सेनिटरी प्याडको उचित व्यवस्थान भएकोले मुख्य विषयका मुख्य पाठहरु छुट्ने समस्या उजागर गर्दै हरेक विद्यालयमा आचार संहिता निर्माण गरी विद्यालयमा सबैले देख्ने ठाउँमा प्रदर्शन गर्नुपनेमा जोड दिनुभयो ।

तालिममा उपस्थित सहभागी शिक्षकहरुले विद्यालयहरुमा बालिका तथा किशोरीहरुको समस्यालाई समाधान गर्न, बालमैत्री विद्यालय बनाउन, विद्यालयमा भयरहित वातावरणको श्रृजना गर्न आगामी दिनमा आप्mनो तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
  
तालिम जिल्ला शिक्षा कार्यालयका प्रशिक्षक नारायण प्रसाद भण्डारी र सिविन बाल हेल्पलाइनका झबिन्द्र ज्ञवालीले सहजीकरण गर्नु भएको थियो । तालिममा छतिवन गाविसभित्रका ३० वटा सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो । 

तालिममा बालअधिकारमुखी अवधारणा, ऐतिहासिक पृष्ठभुमि, बालबालिका सम्बन्धि महासन्धि सन् १९८९  अन्र्तगत ४ अधिकारहरुबारे जानकारी, मानव बेचबिखन ,मकवानपुर जिल्लामा बालिका तथा किशोरीहरुका मुख्य सवालहरुको बारेमा जानकारी गराइएको थियो । साथै बाल संरक्षणका सवालहरु  बालश्रम बारे कानुनी ब्यबस्था,विद्यालय शान्ति क्षेत्र,  साइवर अनलाइन, जेण्डर,बालविवाह,विशेष गरि बालिका तथा किशोरी माथि हुने विभेद, बालमैत्री शिक्षण सिकाइ, विद्यालय आचारसंहिता, विद्यालयमा बालिका तथा किशोरीका समस्याहरु तथा समाधानका उपायहरु, भयर हितसिकाई, जिल्ला शिक्षा कार्यालयसँग सम्बन्धी बालिका तथा किशोरी लक्षित कार्यक्रमहरु, किशोरी अधिकार विषयमा तालिम सञ्चालन गरिएको बाल हेल्पलाइनले जनाएको छ ।



0 comments

Write Down Your Responses