Powered by Blogger.
हाउस वायरिङ तथा जुत्ता बनाउने निशुल्क तालिम मनहरीमा शुरु

आश्विन ८, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समितिको आयोजनामा आजबाट मनहरीमा हाउस वायरिङ तथा जुत्ता बनाउने तालिम शुरु गरेको छ । ३ महिने तालिम नेपाल भारत मैत्री बहुप्राविधिक संस्था, सिटीईभीटी हेटौंडाको सहयोगमा आयोजना गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा  बहुप्राविधिक संस्थाका प्रमुख विनोद चन्द्र झा, लेखा प्रमुख विष्णु घिमिरे, इलाका वन कार्यालयका वन अधिकृत सुशिल यादव, मउवासंघका कार्य समिति सदस्य दिवस पराजुली, कार्यक्रम अधिकृत देवराज पन्त संघको पश्चिमी क्षेत्र समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रवालले तालिमबाट सिकेका सीपलाई व्यवसायिक रुपमा लैजान आग्रह गर्नु भएकोछ । व्यवसायिक रुपमा नै अगाडी आएमा संघले समेत बजारीकरणमा सहयोग गर्ने प्रमुख अतिथि अग्रवालले भन्नु भएकोछ । कार्यक्रममा बहुप्राविधिक संस्थाका विनोद चन्द्र झाले देशमा अहिले पनि सीप सिकेका जनशक्तिको अभाव रहेकाले यस तालिमबाट केही मात्रामा भएपनि त्यो अभावलाई पूरा गर्न सक्ने आफूले विश्वास लिएको बताउनु भएकोछ । निशुल्क रहने सो तालिममा मनहरी लगायत आसपासका गाविसका महिला पुरुष गरी ४० जना प्रशिक्षार्थीको सहभागिता रहेकोछ । प्रशिक्षक ज्योति रोक्का र गायत्री कटुवालले प्रशिक्षण दिनु हुनेछ । राम चन्द्र बर्तौलाले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संघको पश्चिमी क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । 



0 comments

Write Down Your Responses