Powered by Blogger.
मजदुरको अधिकार सुनिश्चित गर्नुपर्ने :जमलकटेल

हेटौडा, ८ असोज /   अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कार्यसमिति मकवानपुरले आज विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुबीच राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष शालिकराम जमलकटेल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान, संयोजक प्रेम बहादुर पुलामी अतिथि रहनुभएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै केन्द्रीय अध्यक्ष जमलकटेलले वर्तमान परिस्थितिलाई बुझेर अघि बढ्दै इतिहासको रक्षा गर्न सम्पूर्ण मजदुरहरुलाई आग्रह गर्नुभयो । मजदुरको हक हित यो संविधान कति सुनिश्चित गरेको छ भन्ने कुरा संविधान कार्यान्वयन पछि थाहा हुने भन्दै अध्यक्ष जमलकटेलले सरकारलाई सहयोग गर्न र मजदुरका विषयहरु उठान गर्न सहभागी मजदुर नेतृत्वलाई अनुरोध गर्नुभयो । 
कार्यक्रममा सभासद रामनारायण विडारी, महासंघका केन्द्रीय महासचिव जगत सिम्खडा, ३ न.ं प्रदेश उपमहासचिव जनक शर्मा, महासंघका फ्याक्सन इन्चार्ज सागर बानियाँ, अखिल नेपाल अटो रिक्सा मजदुर संघका अध्यक्ष कृष्ण रेग्मी, प्रेस सेन्टर नेपाल, मकवानपुरका अध्यक्ष नानीमैया विष्ट लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष गंगा प्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो । 

0 comments

Write Down Your Responses