Powered by Blogger.
प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न

 थाहानगर ,८ असोज  / सहकारी बिकट र बिकासउन्मुख देशका लागि अपरिहार्य रहेको बताउदै शहरमा भन्दा गाउँका जनताले सहकारीको महत्व बुझेको शहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थामिले बताउनु भयो । उत्तरी मकवानपुरको थाहा बज्रवाराहि अवस्थित प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभामा वोल्दै संसदमा पेस भएको शहकारी ऐन अनुसार हरेक शहकारीले सहकारीको मर्म र भावना अनुशार चल्नु पर्नेमा जोड दिनु भयो ।
संस्थाका अध्यक्ष राजेन्द्र बिडारीको सभाध्यक्षतामा भएको सभामा गत आर्थिक वर्ष २०७२÷७३को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखा समिति संयोजक उद्धव लामिछानेले ६ कारोट ८१ लाख ६९ हजार ९ सय २५ रुपैयाँ क्रण लगानी,२ करोट ७ लाख ९६ हजार ४ सय शेयर पुँजी रहेको बताउनु भयो ।  १ हजार ३ सय सदस्य रहेको
सो संस्थामा १ हजार ३ सय सदस्य रहेका छन ।  कार्यक्रममा केन्द्रीय कृषि सहकारी संघका लेखा समिति सदस्य महेस्वर सुवेदी,प्रेस चौतारी नेपाल मकवानपुरको सदस्य निराजन गोपाली लगायत विभिन्न राजनितीक दलका प्रतिनिधि ,संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses