Powered by Blogger.
सहकारी मर्ज नभए पुँजी विकेन्द्रीकरणको खतरा: सिन्तान


असोज ८, हेटौंडा ÷ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडी अध्यक्ष राधा सिन्तानले अब सहकारी संस्थाहरुको अवस्था हेरेर सहकारी मर्ज गर्न ढिलाई गरे पुँजी विकेन्द्रीकरणको खतरा आउन सक्ने तर्क गर्नुभएको छ । शनिबार बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था हेटौंडा ११ नवलपुरको ८ औं वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि सिन्तानले यसरी सहकारीलाई मर्ज गरेपछि नमूनायोग्य सहकारी मार्फत् सेवा केन्द्र खोल्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । सहकारीमा आवद्ध भएका सदस्यहरुलाई अनिवार्यरुपमा सहकारी शिक्षा दिएर सहकारीको महत्वबारे बुझाउन सक्नुपर्दछ अन्यथा सहकारी ज्ञान अभावका कारण विभिन्न प्रकारका आर्थिक घटना घट्न सक्ने तर्फ सचतेन हुन आग्रह गर्नुभयो । 
सभामा अध्यक्ष शर्मिला श्रेष्ठले अध्यक्षको प्रतिवेदन, अनिता खतिवडाले सचिवको प्रतिवेदन, आशा अर्यालले कोषाध्यक्षको प्रतिवेदन तथा सीता सापकोटाले लेखा तथा सुपरिक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । विगत ८ वर्ष देखि सञ्चालित यस बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाले ३२ जनको ३५ हजार बचतबाट शुरु गरि आफ्नो शेयर सदस्य १ हजार ५ सय बचत कर्ताले ६ करोड भन्दा बढिको कारोबार गरेको संस्थाकी अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
कार्यक्रममा महिला बालबालिका कार्यालयकी दुर्गा घिमिेरे, सुलोचना स्याडतान, केदार बिडारी, गोकर्ण पराजुली, फुलमान श्रेष्ठ, कृष्णकुमार उप्रेती, जानुका बाँनिया, मनकुमारी पुडासैनी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
संस्थाको विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै मायादेवी श्रेष्ठ, निरकुमारी बिडारी, निरमाया बर्तौला, नानीमाया तामाड, सिता रिजाल लगायत १६ जना  ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यस्तै असल कारोबारी, शिक्षा बचत, उत्कृष्ठ व्यवसायिलाई सम्ममान गरेको छ ।
त्यसै गरि संस्थाको गतिविधिलाई प्रचार प्रसार गरि सहयोग गरेको भन्दै नेपाल प्रेु सोसाइटी मकवानपुरका संयोजक एवम् पत्रकार मनोज ढोडारीलाई सम्मान गरेको छ । रेडियो आकाशगंगामा कार्यरत ढोडारीलाई सम्मान पत्र  र दोसल्ला सहित प्रमुख अतिथि सिन्तान र संस्थाकी अध्यक्ष श्रेष्ठले सम्मान गर्नुभएको हो । सभा शर्मिला श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

0 comments

Write Down Your Responses