Powered by Blogger.
स्थानिय उत्पादनबाट राष्ट्रिय समृद्धि : स्याङतान

असोज १३, हेटौंडा ÷ नयाँ शक्ति नेपाल ३ नं प्र्रदेश सहसंयोजक सोनाम सिंह स्याङतानले स्थानिय स्तरको उत्पादनमा जोड दिन सके राष्ट्रीय समृद्धिमा अघि बढ्ने बताउनु भएको छ । नयाँ शक्ति नेपाल हाँडीखोला गाविसको भेलालाई सम्बोधन गर्दै प्रम्ख अतिथि स्याङतानले
सदस्यको सर्वोच्चता रहने व्यवस्था सहित श्रम र सिपलाई मान्यता दिने नीति रहेको एक मात्र बैकल्पिक राजनैतिक नयाँ शक्ति पार्टी भएको समेत दाबी गर्नुभयो ।

माधव सापकोटाको सभाध्यक्षतामा भएको भेलामा अमर लामा, विवेक वाइवा, जीवन मान मोक्तान, प्रकाश मैनाली लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले निखिल पौडेलको संयोजकत्वमा ३७ सदस्यीय गाविस सम्मेलन आयोजक कमिटि समेत गठन गरेको छ । कमिटिको सहसंयोजक त्रया ज्ञानेन्द्र चेपाड, माधव सापकोटा, चन्द्रबहादुर मोक्तान, सचिव शिसुपाल बस्नेत, सहसचिव राधिका पौडेल र कोषाध्यक्ष पप्पु थापा रहनुभएको छ । सदस्यहरु रामगोपाल कँडेल, पाल्साङ रुम्बा, नवराज गौतम, सुर्यबहादुर गोले, अनिल राई, पशुपति घलान लगायत रहनुभएको छ  ।
त्यस्तै भेलाले अबिनास घलानको संयोजकत्वमा २३ सदस्यिय राष्ट्रिय युवा अभियान हाँडिखोला गाउा कमिटि समेत गठन गरेको छ । अभियानको सदस्यहरुमा प्रकाश मुक्तान, बाबु लामा, राजकुमार लामिछाने, महेश प्रजा, मोहन मैनाली लगायत रहनुभएको छ ।



0 comments

Write Down Your Responses