Powered by Blogger.
मुक्तिनाथ उप्रेतीले नचाए , पाँडे र जिग्रीले पेट मिचिमिचि हँसाए


हेटौडा,१३ असोज ÷  सूचना प्रविधिको मेला क्यान इन्फोटेक २०१६ मकवानपुरको आज तेस्रो दिन हाँस्यकलाकार र गायकले दर्शकलाई तताएका छन । चर्चित लोक गायक मुक्तिनाथ उप्रेतीको वेजोड प्रस्तुतीले अत्याधुनिक र्दशकको हुटिङ पाए ।
 उहाँले मकवानपुर जिल्लालाई चिनाउने पुरानो लोक भाका टिस्टुङ पालुङ गाँउ गीत गाए पश्चात सबै दर्शकको साथ पाएका थिए । उहाँको ‘जवानी चढ्यो झन चञ्चल चञ्चल भयोे ’ मन गीत गाउँदा र्दशक उफ्रि उफ्रि नाचेका थिए । उहाँको हरेक प्रस्तुतीमा दर्शकहरुले साथ दिएका थिए । 
त्यस्तै प्रयास व्याण्डको टोलिको वेजोड प्रस्तुती पछि स्टेजमा उक्लेका हाँस्यटेलिसिरेलका कलाकार अर्जुज घिमिरे ‘पाँडे’  र कुमार कट्टेल ‘जिग्री’ ले पेटमिचि मिचि हँसाएका थिए ।  
टेलिभिजनको पर्दामा सधैं फटाई काम गरेर नाम कमाएका कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले नेपालमा पनि रोजगारीका लागी प्रशस्तै बाटोहरु भएको र नेपालमै केहि गर्नु पर्ने भन्दै हँसाउने शैलीमा दर्शकलाई मनोरञ्जन दिएका थिए ।
दुवैले हालको सामाजिक सञ्जाल फेसबुकले निम्त्याएको सकरात्मक तथा नकरात्मक पक्षका व्याङय गर्दैैै हाल देशको वर्तमान अवस्थाको वारेमा ओकालत गदै हँसाएका थिए । 
मेरि ‘आम्मै’ भन्दै उक्लेका पाँडेलाई ‘आप्पोइ’ भन्दै उक्लेका जिग्रीले मज्जाले साथ दिए । भने उनीहरुले  नाटकीय स्वरुपमा दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । असोज १० गते देखि शुरु भएको मेला असोज १९ गते  सम्म चल्ने छ । भोलि चर्चित गायक प्रमोद खरेलले दर्शकलाई नचाउने छन । 

0 comments

Write Down Your Responses