Powered by Blogger.
नयाँ शक्ति विद्यार्थी युनीयनमा गिरी


हेटौडा, ३० भदौ ।  नयाँ शक्ति विद्यार्थी युनियनले महेन्द्र किरण उच्च मावि मनहरीमा प्रबिन गिरीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी आधार समिती छनौट गरेको छ । 

भेला आयोजक समिती संयोजक रन्जना गोपालीको सभाध्यक्षता तथा नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य प्रकाश थोकरको प्रमुख अतिथित्यतामा समिति चयन गरेको हो । 

सो समितिको उपाध्यक्ष अस्मिता अग्रवाल , रामचन्द्र ढुंगाना ,एकराज घिसिङ , सचिब सरस्वती अधिकारी ,सह सचीव पुजा गिरी , अनिता उप्रेती , जनक श्रेष्ठ , कोषाध्यक्ष प्रियसि थिङ सहित ५१ सदस्य इकाई आधार समिती निर्माण गरेको हो ।

भेलामा नयाँ शक्ति विद्यार्थी युनियन केन्द्रिय सचिवालय सदस्य श्रवणकुमार बर्तौला ,केन्द्रीय सदस्य गिरिजा अधिकारी, सग्रम बल लामा , मकवानपुर क्याम्पस संयोजक झलक छत्कुली , जिल्ला कार्यालय सदस्य राजेन्द्र बल , विद्यार्थी नेता दिपेश बिडारी र नेत्री सरिता रुम्बा लगायतले नयाँ काय समितिलाई सफल कार्याकालको शुभकामना दिएका थिए ।

0 comments

Write Down Your Responses