Powered by Blogger.
बज्रबाराही उमाविले ग¥यो योगगुरुको स्वागत


बज्रबाराही, १६ भदौ । बज्रबाराही उच्च माविमा विशिष्ट अतिथि तथा अभिभावक भेला सम्पन्न भएको छ । १ सय ८ राष्ट्र शान्ति धार्मिक महोत्सव संस्थाका सङ्कल्प कर्ता गोविन्द्रशरण महाराजको प्रमुख आतिथ्यता तथा योग गुरु ईश्वर शरणको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । 

१ सय ८ विद्यालयमा धार्मिक महोत्सव गर्दै आएको र यस क्षेत्रमा पनि केही गर्न सकिने भएकोले कार्यक्रम गरिएको बताइएको छ । शान्ति धार्मिक महोत्सवलाई विकास गरि यस क्षेत्रको विद्यालयलाई अधिराज्यकै नमुना विद्यालय बनाउने कार्यक्रम रहेको कार्यक्रममा प्रमुख अतिथि तथा १ सय ८ शाष्ट्र शान्ति धार्मिक महोत्सव संस्थाका सङ्कल्प कर्ता गोविन्द्र रण महाराजले बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका योग गुरु ईश्वर शरणले शिक्षा विना देशको विकास हुन नसक्ने भन्दै शिक्षाको ज्योतिलाई अधिराज्य भर शशक्त रुपमा फैलाउने प्रतिवद्धता जनाउनु भयो । साथै अधिराज्य भरका १०८ वटा विद्यालयको भौतिक संरचनालाई आधुनिक ढङ्गले विकास गर्दै प्राविधिक शिक्षालय निर्माण गर्ने समेत उहाँले बताउनु भयो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका  पूर्व अध्यक्ष महेश्वर सुवेदी, प्राचार्य विष्णु गिरी तथा विशिष्ट अतिथि योग गुरु लगायतले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिका रुपमा नेकपा(एमाले) का जिल्ला कमिटी सदस्य इश्वरलाल रुम्बा तथा अन्य एवं शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो । –मुक्तिनाथ उप्रेतीबाट




0 comments

Write Down Your Responses