Powered by Blogger.
थाहा महोत्सवको मेघा अडिशनमा ४४ जना प्रवेश

पालुङ, १७ भदौ ।  भदौ २९ गते देखि असोज ८ गते सम्म हुन गइरहेको दोश्रो थाहा महोत्सवको प्रि अडिशन सम्पन्न भएको छ । 

थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन गइरहेको महोत्सवको प्रि अडिशन शुक्रबार आग्राको डाँडावासमा सम्पन्न भएको हो । 

उक्त अडिशनमा नृत्य तर्फ ७ जना र गायन तर्फ ४ जना मेघा अडिशनको लागि प्रवेश भएको अडिशनका कार्यक्रम सञ्चालन अनित बिष्टले बताए ।

भाद्र ११ गते देखि सुरु भएको अडिशनमा मेघा अडिशनका लागि नृत्य तर्फ २० जना र गायन तर्फ २४ जना प्रवेश गरेको कार्यक्रम संयोजक विजयश्याम अमात्यले बताए । मेघा अडिशन भदौ २५ गते पालुङ जेसीजको सभाहलमा हुने आयोजकले जनाएको छ ।


0 comments

Write Down Your Responses