Powered by Blogger.
पूर्व कर्णेल सहित विभिन्न पार्टीका ५० जना एमाले प्रवेश


ललितपुर, १ असोज ।  नेपाली सेनाका पुर्व कर्णल केदारनाथ दुलाला नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।  बिहिबार ललितपुरमा आयोजित भव्य कार्यक्रमकाबीच पुर्वकर्णेल दुलाल एमाले अध्यक्ष केपी ओलीको स्वागतमा एमालेमा प्रवेश गरेका हुन् । 

सोेही समारोहमा नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि चन्दनपुरका उत्तमकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका चन्दनपुर गाउँ कमिटिका पूर्व इन्चार्ज बेदनाथ घिमिरे, राप्रपाका कालेश्वर गाउँ कमिटि अध्यक्ष सुवास तिमल्सिना र सचिव विदुर लामीछाने लगायत ५० जनाभन्दा बढीले एमाले प्रवेश गरे । 

सोही दिन पत्रकार, कलाकार तथा स्वतन्त्र पेशाकर्मी समेत एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटिका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताउनुभयो । जिल्ला कमिटि ललितपुरद्धारा आयोजित पार्टी प्रवेश तथा समसामयिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बाटो बिराएर, अरु पार्टीबाट पनि परिवर्तन सम्भव हुनसक्छ कि भनेर अल्मलिएकाहरु अब एमालेमा ध्रुवीकरण हुने निश्चित भएको बताउनुभयो ।

एमाले बाहेक अहिले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरण सम्भव नभएको पनि अध्यक्ष ओलीले भनाई थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कुनै अर्थ नभएको पनि बताउनुभयो ।

नेपाल टुक्र्याउनुपर्छ, विदेशबाट आउने वित्तिकै सरकारका उच्च ओहोदामा पुग्नुपर्छ, नेपालको झण्डा फेर्नुपर्छ भन्ने नाजायज माग एमालेलाई कहिल्यै मान्य नहुने पनि उहाँको दावी थियो  । नाजायज मागलाई संविधान संसोधन गरी पूरा गराउने प्रचण्ड हठ कुनै हालतमा पूरा हुन नदिइने पनि ओलीले चेतावनी दिनुभयो । एमालेको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेसले इतिहासकै ठूलो महाभुल गरेको पनि ओलीले बताउनुभयो । 

त्योबेला सुरु गरेका अभियानहरुलाई निरन्तरता दिन सके मात्र नेपालको समृद्धिको बाटोमा हिँड्ने लक्ष्य पूरा हुने  अध्यक्ष ओलीले बताउनुभयो । 




0 comments

Write Down Your Responses