Powered by Blogger.
जनमोर्चाको केन्द्रिीय सदस्य चेपाङ सहित १ सय ५० नयाँ शक्तिमा

हेटौंडा , १ असोज ÷जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ शक्तिमा प्रवेश गरेका हुन् । 
आज हेटौंडामा भएको नयाँ शक्ति पार्टी मकवानपुरको विस्तारीत बैठकमा पार्टीकी केन्द्रीय कार्यकारी सदस्य सबिना अर्यालले उहाँहरुलाई पार्टी प्रवेश गराउनु भएको हो । त्यसैगरि नेकपा माओवादी केन्द्रका हाँडीखोला गाविस स्तरिय नेता शिशुपाल बस्नेत लगायतका नेताहरु समेत केन्द्र परित्याग गरि नयाँ शक्तिमा प्रवेश गरेका छन् । प्रल्हाद लामिछानेको सभाध्यक्षतामा भएको बैठकमा केन्द्रयि कार्यकारी सदस्यद्वय अर्याल, पाल्साङ बज्रलामा, केन्द्रिय परिषद् सदस्य शेरबहादुर पहरी, निबन्धलामा, जिल्ला सहसंयोजकत्रय ज्योति रायमाझि, विवेक वाइवा, जिवनमान मोक्तान लगायतको आतिथ्यता रहेको थियो । 
बैठकमा ४ वटा क्षेत्रबाट नवराज चौलागाई, देबेन्द्र नेपाल, मिहिन बहादुर लामा, प्रकाश मैनालीले क्षेत्रिय गतिविधिको रिपोर्टिङ गरेका थिए । त्यस्तै सुबोध रिमाल, राजकुमार रौनियार, राजकुमार वाइवाल डिबि थापा, पुनम भट्टराई लगायतले आफ्ना जिज्ञासा नेतृत्वलाई जानकारी गराएका थिए । बैठकले असोज २ गते १२ बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउने कार्यक्रमको समेत जानकारी गराएको थियो । 

0 comments

Write Down Your Responses