Powered by Blogger.
वायुसेवा निगमममा एमाले निकट कर्मचारी विजयी


काठमाडौं । नेपाल वायुसेवा निगमको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) समर्थक कर्मचारी युनियनले अत्यधिक मतले विजयी हासिल गरेको छ । बिहीबार प्राप्त मतपरिणामअनुरुप नेपाल वायुसेवा निगम कर्मचारी युनियनले ३ सय ४१ मत ल्याई चुनाव जितेको हो ।

निर्वाचनमा खसेको ७ सय २ मतमध्ये ९ मत बदर भएको थियो । त्यसमा एमाले समर्थक युनियनले करिब ५० प्रतिशत मत ल्याएको थियो । त्यस्तै, नेपाली कांग्रेससमर्थक नेवानि कर्मचारी संघले २ सय ४१ मत ल्याएको थियो भने माओवादी केन्द्रनिकट निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले भने १ सय ८ मत ल्याएको थियो ।

अब निगमको आधिकारिक टे«ड युनियनको नेतृत्व राजनप्रसाद उप्रेती अध्यक्ष रहेको कर्मचारी युनियनले गर्नेछ, जसको पदावधि दुई वर्षको हुनेछ । २५ सदस्यीय आधिकारिक टे«ड युनियनमा अहिले एमालेसम्बद्ध युनियनका १९ जनाले प्रतिनिधित्व गर्ने अध्यक्ष उप्रेतीले बताए । श्रम ऐन २०४८ मा निगममा जुन संगठनले धेरै मत ल्याएर जित्छ, सोही संगठनको पूरै टिमले नेतृत्व गर्ने व्यवस्था गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो टिमले जितेको हुँदा अब संस्थालाई सुधार गर्ने दिशामा काम गर्ने बताए । आफूहरुले वाइड बडी जहाज खरिद गर्नेतिर पनि ध्यान दिने बताए । उनले भने, ‘हामीले अर्थ र पर्यटन मन्त्रालयमा धाएर वाइड बडी जहाज खरिदका लागि बजेटमा पारेका छौं । हामी त्यसैमा केन्द्रित हुनेछौं ।’ अहिले निगमसँग दुई वटा बोइङ, दुई वटा एयरबस र २ वटा ट्विनटर जहाज मात्र रहेका छन् ।’

अध्यक्ष उप्रेतीले आफूहरु कर्मचारीको हक  हितमा लाग्ने पनि बताए । व्यवस्थापनसित सम्बन्ध सुमधुर तुल्याएर जाने पनि उनले बताए ‘हामी व्यवस्थापनलाई नहुने कामका लागि दबाब दिँदैनौं । हुने कामका लागि दबाब दिन छाड्दैनौं ।’

0 comments

Write Down Your Responses