Powered by Blogger.
युवा संघ कर्रा टोल कमिटीको अध्यक्षमा डंगोल


हेटौडा,१ असोज / युवा संघ नेपाल ४ नम्बर वडा कमिटीको आयोजनामा २५ सदस्यीय कर्रा टोल कमिटी गठन भएको छ । रचिन डंगोलको अध्यक्षतामा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा विशेष लामिछाने , सचिवमा संजिव देउला , सहसचिव सबिता कोइराला , कोषाध्यक्ष सुमित्रा न्यौपाने लगायत गरी २५ सदस्यीय कर्रा टोल कमिटी गठन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं युवा संघ नेपाल जिल्ला कमिटी सदस्य सानु लामाले संगठन बलियो हुनको लागि जग बलियो हुनुपर्छ जुन् टोल कमिटी रहेको बताए । बेरोजगार युवाहरुलाई रोजगार उन्मुख बनाउने काममा युवा संघ सक्रिय रहेको बताउँदै उनले युवाहरुको आस्था र भरोसाको केन्द्र युवा संघ रहेको लामाले बताए । युवा संघ ४ नम्बर वडा कमिटी उपाध्यक्ष विक्रम लामिछानेको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य चन्द्रकान्त श्रेष्ठ , क्युपेक नेपाल केन्द्रीय युवा अध्यक्ष लेखा भुजेल , ३ नम्बर क्षेत्रीय कमिटी उपाध्यक्ष नितेश लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम युवा संघ नेपाल ४ नम्बर वडा कमिटी अध्यक्ष निरज सिंह ठकुरीको ंसंयोजकत्वमा सम्पन्न भएको थियो ।                                                                         उज्वाल अधिकारी

0 comments

Write Down Your Responses