Powered by Blogger.
योगेशले शनिबार पालुङमा सम्वोधन गर्ने


काठमाडौं, ११ कात्तिक । नेकपा(एमाले)का चर्चित युवा नेता तथा पार्टी केन्द्रीय  सचिव योगेश भट्टराईले शनिबार उत्तरी मकवानपुरको पालुङमा सम्वोधन गर्नुहुने भएको छ । 

राजधानीसंगै जोडिएको उत्तरी मकवानपुरको थाहा नगरपालिकामा युवा नेता भट्टराई पार्टीको एक कार्यक्रममा प्रमुख अतिथीको हैसीयतले सम्वोधन गर्न लाग्नुभएको हो ।नेकपा(एमाले) थाहा नगर कमिटीले तिहार, छठ, नेपाल सम्वत लगायत  विभिन्न चाडपर्वहरुको अवशरमा आयोजना गर्न लागेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सचिव भट्टराइले सम्वोधन गर्नुहुने बताइएको छ ।

त्यसका लागि सचिव भट्टराई शुक्रबार साँझ नै दामन आइपुग्ने र उहाँले त्यहाँको पर्यटकीय संभावना र विकासका बारे भ्रमण तथा छलफल गर्ने बताइएको छ । 

उक्त कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, २ नम्मर क्षेत्रीय इन्चार्ज विष्णु ढकाल, थाहा नगर इन्चार्ज रामचन्द्र बल लगायतको उपस्थिति रहने बताइएको छ ।

आयोजकले स्थानीय झाँकी तथा नाचगान सहित कार्यक्रमलाई मनोरञ्जनपूर्ण पार्ने प्रयास गरेको नगर कमिटी अध्यक्ष अच्यूतमप्रसाद ढकालले जानकारी दिनुभयो । 

0 comments

Write Down Your Responses