Powered by Blogger.
भुकम्प पिडित विद्यार्थीहरुको सहयोगार्थको लागि वृहत सांस्कृतिक तथा चिठ्ठा कार्यक्रम

गोगने ,९ कार्तिक /   नवगठित गोगने स्मार्ट यूथ क्लवले तिहारको अवसर पारि तिहार विशेष सांस्कृतिक तथा चिठ्ठा कार्यक्रम २०७३ गर्ने भएको छ । मकवानपुरको गोगने गाविस वडा नं.१ मा रहेको क्वलले कात्तिक १५ गते अर्थात तिहारको गोवद्र्धन पुजाका दिन “भुकम्प पिडित विद्यार्थीहरुको सहयोगार्थ” को लागि वृहत सांस्कृतिक तथा चिठ्ठा कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष रुपक कालिराजले बताउनु भयो । गोगने गाविसका भुकम्प पिडित ४ जना विद्यार्थीहरुलाई एक वर्ष भरि पुग्ने शैक्षिक सामाग्री प्रदान गरिने जनाएको छ । 
सो कार्यक्रममा स्थानिय कलाकार तथा थाहाकला केन्द्रका कलाकारहरुले गायन तथा नृत्य, हाँस्य व्यांग्य लगायत प्रस्तुत गर्ने क्लवलका उपाध्यक्ष वालकुमार कार्कीले जानकारी दिनु भयो । पछिल्लो समय जुवाहरु तास जस्ता कुलतमा लागिरहेको अवस्थालाई सांगितीक तरिकाले टाढा राख्नको लागि यस कार्यक्रमले अहम भुमिका खेल्ने र भुकम्प पिडित विद्यार्थीहरुलाई पढ्नको लागि सहजतापुग्ने विश्वास लिएको क्लवका अध्यक्ष रुपक कालिराजले बताउनु भयो । 
गोगने १ मा पहिलो पटक हुन लागिरहेको यस कार्यामा सबैलाई सहयोग गर्न पनि आयोजकले अपिल गरेको छ । गोगने १ को बाखखोर डाँडामा विहान ११ वजे निर्धारित समयमै शुरु हुने व्यहोरा समेत क्लवका सचिव कृष्ण गोलेले जानकारी दिनु भयो । 
फाइल तस्विर

0 comments

Write Down Your Responses