Powered by Blogger.
नारायणी सम्पर्क कमिटीको कार्यालयमै अन्तिम चियापान


काठमाडौं । नेकपा (एमाले) नारायणी अञ्चल सम्पर्क कमिटीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । 

अञ्चल कार्यालय बागबजारमा सम्पन्न भएको चियापानमा नेकपा एमाले ३ नम्मर प्रदेशका सह संयोजक तथा पोलिट्व्युरो सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा २ नम्मर प्रदेशका सहइन्चार्ज तथा एमाले पोलिट्व्युरो सदस्य डा. वंशीधर मिश्रको पनि आतिथ्यता रहेको थियो ।

अञ्चल सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन अञ्चल सचिव वेदनाथ कोइरालाले गर्नुभएको थियो । 

कार्यक्रममा नारायणी अञ्चल सम्पर्क कमिटीका पुर्व अध्यक्ष नवराज तिमल्सीना, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शन्तराम बिडारी लगायतको उपस्थिति थियो । 





0 comments

Write Down Your Responses