Powered by Blogger.
तिजमा माइती गएकी थाहा नगरकी यि महिला अझै वेपत्ता



काठमाडौं, २० असोज । तिजमा ‘माइती जान्छु’ भनी झोलाभरी पालुङको तरकारी कोशेली लिएर मकवानपुर मनहरी माइती हिँडेकी एक महिला अझै घर नफर्किएपछि उनका श्रीमान खोजीका लागि भौंतारीइरहेका छन् ।

 थाहा नगर पालिका घर्तिखोला स्थीत बाहुन गाँउका नवराज कार्कीले तिजयता पत्नी सिता कार्की बेपत्ता भएपछि खोजी कार्य तिव्र बनाएका हुन् । तर अझै पत्निको कुनै पत्ता नलागेपछि उनी मानसीक तनावमा परेका छन् । 

तीन वर्षको छोरो घरैमा छाडेर तिजका लागि माइती हिँडेकी सिता कहाँ गइन्, के गर्दैछिन्, कस्तो अवस्थामा छिन् अझै केही पत्ता नलागेपछि उनलाई निक्कै तनाव परेको छ । भदौ २० गते पालुङबाट मनहरी हिँडेकी सिता त्यसपछि चिनेजानेको दिदी मार्फत नारायणघाट पुगेकोसम्म पत्ता लागेको छ । 

बीचमा छिमेकी महिलालाई फोन गरेर सिताले आफू घेराबन्दीमा परेको जानकारी दिइएको र त्यसयता उनले प्रयोग गर्दै आइरहेको फोन नम्मर अफ गरिएको उनका श्रीमान नवराज कार्कीले बताए । ‘मलाई दुइजना दिदिहरुले गोदावरीको एउटा होटेलमा दोस्रो तलामा ल्याएर राखेका छन्, अहिले उहाँहरु तल गएकोबेला मैले फोन गरेको हुँ ’ उनले छिमेकीलाई त्यती जानकारी दिएयता कुनै अत्तो पत्तो नलागेपछि श्रीमानले प्रहरी कार्यालयमा निवेदन दिएका छन् । 

प्रहरीले कल डिटेलका आधारमा अनुसन्धान जारी राखेपनि केही मोबाइल नम्मर अफ भएकाले कुनै कुरा पत्ता लाग्न नसकेको महानगरीय प्रहरी परिषर काठमाडौंले जनाएको छ । 

सिता कार्कीको बारेमा कुनै जानकारी प्राप्त भएमा उनका श्रीमान नवराज कार्कीको मोवाइल नम्मर ९८४५२३७८३९ मा तथा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन उनले आग्रह गरेका छन् । 

0 comments

Write Down Your Responses