असहाय बालगृहलाई सुनचाँदी व्यवसायीद्धारा लत्ताकपडा एवम् खाद्यन्न सहयोग

हेटौडा, १५ असोज ÷ मकवापुरको हेटौँडा ५ मा रहेको ग्रामीण जिवनस्तर सुधार मञ्चद्धारा सञ्चालित असहाय बालगृहलाई हेटौँडाका सुनचाँदी व्यवसायीहरुले लत्ताकपडा एवम् खाद्यन्न सहयोग गरेका छन । आउदै गरेको विजया दशमीको अवसरमा आज प्रदान असहाय बालगृहमा आश्रीत वालवालिकाहरुलाई एक एक जोड कपडा तथा खाद्यन्न सहयोग गरेको सुन चाँदि व्यवसायी तथा समाज सेवि राजकुमार रसाइलीले जानकारी दिनु भयो ।
हेटौँडाका सुनचाँदी व्यवसायी गोपीलाल विश्वकर्मले चाड भनेको वालवालिकाकको भएको भन्दै आश्रीत वालवाललिकालाई सुनचाँदि व्यावसायिहरु मिलेर लत्ताकपडा सहयोग गरेको बताउनु भयो । उहाँले आगामी दिनमा यस्ता सामाजिक कार्यामा सदैव साथ सहयोग रहिररहेन बताउदै आउदै गरेको महान चाड शुभविजया दशमी तथा दिपावालीको शुभकामना व्याक्त गर्नु भयो ।
सोहि अवसरमा सुनचाँदी व्यवसायी तथा समाज सेवि राजकुमार रसाईलीले संस्थाले सह्रानिय काम गरेको देखेर आफ्नो व्यक्तिगत तर्फबाट भन्दै सोहि समयमा एक बोरा चिउरा सहयोग गर्नु भयो भने सुनचाँदी व्यवसायी हरि गहतराजले एक कार्नुन तेल बालगृहलाई सहयोग गरेका हुन ।


0 comments
Write Down Your Responses