Powered by Blogger.
यसरी तताइन् ज्योति मगरले हेटौडाबासीलाई

 हेटौडा, १५ असोज ÷ सूचना प्रविधिको मेला क्यान इन्फोटेक २०१६ मकवानपुरको आज पाँचौ दिन चर्चित गायिकका ज्योति मगरले हेटौडेली र्दशकलाई छमछमी नचाइन् । ज्योतिको पर्खाइमा वसेका सम्पूर्ण र्दशकलाई पिरतीमा दम छ भन्ने गीत गाए पश्चात  दर्शकको अत्याधुनिक हुटिङ पाइन् ।

पछिल्लो समय विवादमा तानिएकी ज्योति मगर कार्यक्रमको आकर्षण पात्र थिईन् । ज्योतिले तल पनि पिरलो माथि पनि पिरलो, उही मुलाको सिन्की, उही मुलाकोे चाना, पिरतीमा दमछ लगायतका गित प्रस्तुत गरेर दर्शकलाई नचाईन् ।
गाउँदा गाउँदै तातेकी ज्योतिले आफू मात्र होइन अरुलाई पनि तताइन् । लोक गायिका भएता पनि छोटाछोटा लुगा लगाउने र गाउँदै, नाच्दै मञ्च तताउँने ज्योति मेलामा निकै हट एण्ड सेक्सी देखिएकी थिइन् ।
 पहिरन र हाउभाउले दर्शकलाई उत्तेजित बनाउदै आएकी ज्योतिले गीत प्रस्तुत गर्ने क्रममा धेरै जसो दर्शक मोबाईलमा दृष्य खिच्न ब्यस्त देखिएका थिए । असोज १० गते देखि शुरु भएको मेला असोज १९ गते  सम्म चल्ने छ । भोलि चर्चित गायक यूवराज चौलागाईले दर्शकलाई नचाउने छन ।

0 comments

Write Down Your Responses