Powered by Blogger.
फापरबारीमा चट्याङ लागेर दुईजना घाइते

हेटौडा, १९ असोज / मकवानपुरको फापरबारी १ पालपाले भन्ने ठाउँमा आज दिउसो चट्यांग लागेर दुईजना घाइते भएका छन् । चट्यांगबाट तुलाबहादुर भोलन र ज्ञान बहादुर पाख्रिन घाइते भएका छन् । बाटोमा हिडिरहेको अवस्थामा परेको चट्यांग लागेर उनीहरु घाइते भएको स्थानीय अरुण लामाले जानकारी दिनुभयो ।
घाइते मध्ये तुलाबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरु दुबैजनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ । चट्याङका कारण स्थानीयहरुले प्रयोग गरेको सोलारमा पनि क्षति पुगेको स्थानीयवासीहरुले जानकारी दिएका छन् । कृष्णउदास खनाल

0 comments

Write Down Your Responses