Powered by Blogger.
अग्निदहनको छायाँकन हेटौंडामा


हेटौंडा, ४ कात्तिक सामाजिक कलंकको रुपमा रहेको बोक्सीको विषयमा आधारित चलचित्र अग्निदहनको छायांकन अहिले हेटौंडामा धमाधम भइरहेको छ । 
असोज ३० गते  काठमाडौंमा शुभमुहर्त गरी निर्माणको घोषणा गरिएको अग्निदहनको युनिट छायाकंनका लागी हेटौंडा आएको हो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले चलचित्रको निर्माण थालेको हो । अन्धबिश्वासाका कारण मानिसहरु बोक्सी भगाउने नाममा के सम्म गर्न सक्छने भन्ने बिषय यस चलचित्रको मुख्य कथाबस्तु भएका निर्देशक घनश्याम लामिछानेले बताउनुभयो ।गत वर्ष पोखराबाट निर्माण गरीएको धौली निर्देशन गरेर चर्चामा आएका निर्देशक लामीछानेको यो दोस्रो चलचित्र हो । समाजमा घटेका घटनाको यथार्थ चित्रण कथामा भएकोले आफूले यो चलचित्र निर्देशन गर्न लागेको उहाले बताउनु भयो ।  
चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुङ, प्रकाश घिमिरे, तुलसा क्षेत्री, सरला कुमारी पाण्डे लक्ष्मण ढुङगाना र ताराबहादुर गुरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष एवंम सामाजिक कुप्रथा बिरुद्धको अभियानका अभियान्ता कोविदशरण उपाध्यायले फिल्मले कमाएको नाफा बोक्सीविरुद्धको अभियानमा खर्चिने बताउनु भयो ।
चलचित्र बोक्सी कुप्रथा अन्त्यको महाभियानकै रुपमा हुने भएकाले आवश्यक सहयोगका लागि सरकारको तर्फबाट सहयोगको अपेक्षा गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो । चलचित्रको संरक्षकमा भूबनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल रहनुभएको छ । पत्रकार तथा लेखक लोकमणि पौडेलले बोक्सी प्रथा विरुद्ध लेखेको उपन्यासको कथाबस्तुलाई अग्निदहन नाम दिएर चलचित्र बनाईएको निर्देशक लामीछानेले जानकारी दिनुभयो । चलत्रित्रलाई हेटौंडा, चितवन, पोखरा, काठमाण्डौ लगायतका स्थानमा सुटिङ गरीने चलचित्र युनिटले जनाएको छ । बुधबारबाट हेटौंडामा छायाँकन सुरु गरीएको चलचित्रको ३ दिनसम्म हेटौंडामा नै छायाँकन गरीने छ । चलचित्रलाई ब्यबसायिक भन्दा पनि बिभिन्न फेस्टिबलमा प्रतिस्पर्धामा उतार्ने बताइएको छ । यथार्थ सामाजिक बिषयबस्तु भएकोले च्यारीटी सो मार्फत चलचित्रलाई माघ देखी प्रदर्शनमा ल्याउने निर्देशक लामीछानेले जानकारी दिए । 


0 comments

Write Down Your Responses