Powered by Blogger.
लियो क्लव तात्दा हेटौंडा अस्पतालमा बेवारीसे रहेका बिरामीले उपचार पाए


रुपक कालिराज

अस्पतालमा आफन्त कोही नहुँदा १५ दिन देखि हेटौडा क्षेत्रिय अस्पातलमा एक बिरामी गुहिएर बस्न बाध्य भएको खबर सुन्यौँ । वेवारिसे अवस्थामा रहेको विरामी  भन्ने थाहा पाए पश्चात लियो क्लव अफ हेटौडा भुटनदेविका सदस्यहरुगई अवलोकन गर्दा विरामीको शरिर भरि नै घाउ र विभिन्न भागहरु कुहिरहेको अवस्था थियो ।

हामीले त्यस्तो अवस्थाको विरामी देखेपछि विरामीको आफन्तको बारेमा बुझ्ने प्रयास ग¥यौँ । सबैतिर बुझ्दा वेवारिसे अवस्थामा प्रहरीले लिएर अस्पतालमा ल्याएको खबर हामीले सुन्यौँ । झन् हामीलाई त्यस कुराले सबै क्लवका साथीलाई भावुक बनाइदियो ।

हेर्दा अधबैशे (४०—४२ वर्ष) जस्तो देखिने एक विरामीको शरिरमा चोट नभएको ठाउँ कतै थिएन । जुन विरामी हेटौडा अस्पतालतको दोस्रो तल्लाको एक कुनामा भुईँमा पर्दाले छोपेर राखेको रहेछ ।  केहि दिन सम्म त अस्पतालले उपचार गरे पश्चात् हेरचाह गर्ने कोहि नभएर उपचार समेत हुन छाडेछ ।

उपचार हुन छाडे पछि चोट चोटै भएको शरिर गन्हाउनु स्वाभाविक नै हो । त्यस गन्धले अरु विरामीलाई समेत असर भयो भन्दै अस्पताल प्रसासनमा गुनासो गर्न पुग्दारैछन् विरामीका आफन्त ।

गुनासो पश्चात् अस्पताल प्रसासनले त्यस विरामी भएको उपचार कक्षमा नै अन्य विरामीहरु नराख्नको लागि आग्रह गरेकोले सबै वेडहरु खाली थियो । त्यस विरामीको गन्ध अर्को कोठामा समेत पुग्ने गरेकोले उपचारत विरामीका आफन्तहरु नाक थुनेर बस्न वाध्य बनेका थिए ।

कस्तो विडम्वना उपचारमा गएका विरामी त यसै विरामी भए, कुर्न गएका समेत विरामी पर्ने डर उत्पन्न भइरहेको थियो । लामो समय देखि सामाजिक कार्यमा सकृय रहेको लियो क्लव अफ हेटौडा भुटनदेविका सम्पूर्ण सदस्यहरुले त्यस विरामी बारे प्रसासनमा बुझ्न पुग्यौँ ।

त्यस विरामी वारे डा.सर्वेश शर्मा पोखरेलले उपचार गरिरहेको बताउनु भयो । उहाँको कुरा सुन्ने वित्तिकै हामीले एकै स्वरमा प्रश्न गरौँ । उहाँको यस उत्तरले जो कोहि पनि छक्क पर्छ । छक्क नपर्ने कुरै भएन शरिरका सम्पूर्ण भागमा झिँगा भन्किरहेको, घाउहरु पाकी रहेको अवस्था थियो । 

अब तपाई आफै बुझ्नुस् सरकारी अस्पतालको अवस्था । त्यस विरामी हेर्दा जो सुकैको पनि मन नरोला भन्न सकिन्न । शरिर भरि चोटै चोट भएको विरामी त्यहि माथि वेवारिसे कस्ले त्यस विरामीलाई उपचार गर्ने ? कस्ले वेलामा खान दिने ? यस कुराको जिम्मेवारी नलिदाँ त्यस विरामीको अवस्था  दिन प्रति दिन गम्भिर वन्दै गइरहेको थियो ।

उपचार भएको विरामीकोे अवस्थाबारे गम्भिररुपमा हामीले कुरा गर्दै जादाँ त्यस विरामी बारे डा.पोखरेलले उपचार गर्नको लागि जनशक्ति र औषधी नभएको भन्दै उपचार गर्नको लागि नसकेको स्वीकार गर्नु भयो ।डां सँगको उत्तर प्रतिउत्तर गरिरहनुभन्दा पनि त्यस व्यक्तिको जिवनमा कसरी शान्ति मिल्ला र उपचार होला भन्ने चिन्ता हामीमा थियो ।

हामीले अब कुरा मात्र होइन काम गरेर र त्यस विरामीको उपचार तर्फ जानुपर्छ भन्ने सोच बनाएर जिल्ला प्रशासन कार्यालय मकवानपुर गयौँ । त्यस विरामीको अवस्था बारे जिल्ला प्रसासन कार्यालयमा कुनै जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बताउनु भयो ।

लियो क्लवका सदस्यहरुले त्यसबारे जानकारी गराए पश्चात उहाँले यस विषयलाई गम्भिरतापूर्वक त्यस विरामीलाई उपचारतर्फ जानको लागि आफु तथा प्रशासनले सक्दो सहयोग गर्ने बताउनु भयो ।

र हामीले त्यति मात्र नभई तत्कालै मानव सेवा आश्रम, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयका जिम्मेवार व्यक्तिहरु अस्पतालमै भेला गराई सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको निर्देशन पश्चात त्यस विरामीका हाल सो अस्पतालमा उपचार भइरहेको छ । 

अझै होस खुलेता पनि वोल्न भने नसक्ने अवस्थामा रहेको छ । यस्तो अवस्था देख्दा लाग्छ के बेवारिसेको चाँही जिवन हुन्न । के उनीहरु जिँउदै मर्नु पर्छ ? प्रशासन यसबारे गम्भीर बन्नु पर्दैन ?अस्पतालमा आइपुगेको बिरामीलाई ज्यान बचाउनु उनीहरुको कर्तव्य होइन ?



0 comments

Write Down Your Responses