Powered by Blogger.
कोरियाली माटो विज्ञसँग संघले छलफल गर्यो


कार्तिक ९, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा दक्षिण कोरियाका माटो विज्ञ लि बोङ्ग शूसँग व्यवसायिक कृषिको विषयमा छलफल गरेकोछ । दक्षिण कोरियाका पूर्वराष्ट्रपतिका कृषि सल्लाहकार समेत रहेका शू किम्हे माईग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदी, एशियन फोरम काठमाडाका सिद्धि बराल, सपोर्ट नेपाल फाउण्डेशन, द. कोरियाका रमेश सुवेदीको संयुक्त पहल तथा संघको निमन्त्रणामा उनी मकवानपुर आएका हुन् । कार्यक्रममा शूले आज भन्दा ४ दशक अघिसम्म समेत आफ्नो देश रिबीकै रेमुन रहेका स्रण गर्नुहुदै देशका नागरिकमा विकासको इच्छा शक्ति भएमा विकासमा फड्को मार्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला कृषि कार्यालयका प्रमुख निर्मल गदाल तथा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान तथा क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद साहले आ–आफ्नो प्रस्तुति समेत दिनु भएको थियो ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन कार्यालय प्रमुख राजेन्द्र न्यौपाने, वन विज्ञान अध्ययन संस्थानका रामलक्षण प्रसाद यादव, जनप्रिय उच्च माविका प्राचार्य मोतीउर रहमान लगायतको सहभागिता रहेको थियो । संघको तर्फबाट माटो विज्ञ शूलाई फूलमाला सहित शान्तिको प्रतिक बुद्धको मूर्ति उपहार प्रदान गरिएको थियो ।
संघको सभाकक्षमा भएको कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । महासचिव महेन्द्र राउतले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्वअध्यक्ष जीवन काजी माकजू श्रेष्ठले धन्यवाद सहित समिति सदस्य विष्णुगोपाल महर्जनले समापन गर्नुभएको थियो । 

0 comments

Write Down Your Responses