Powered by Blogger.
हेटौडामा प्युजन क्याफे सञ्चालन


रुपक कालिराज
हेटौडा,९ कार्तिक / मकवानपुरको हेटौंडा ४ भुटनदेवी बिद्यालय अगाडि आजबाट  प्युजन क्याफे संचालनमा आएको छ । समाजसेवि जिवन लामाको एकल लगानीमा सञ्चालित क्याफेको हेटौंडामा संरक्षित मामाघर नेपालका भान्जाहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
स्वदेश मै केहि गर्नु पर्छ भन्ने सोच वोकेका लामाले यस व्यवसायमा हात हाल्नुभएको हो । उद्घाटनको अवसरमा सम्पूर्ण आग्रहहरुलाई क्याफेले विशेष छुटको व्यवस्था गरेको छ । विदेश जाने इच्छालाई तिरस्कार गरेका लामा युवाहरुले स्वदेशमै केही गरौँ भन्ने भावनाका कारण व्यवसायमा हात हालेको बताउनुभयो । 
‘हामीले ८ लाख रुपैयाँको लगानीमा क्याफे सञ्चालनमा ल्याएका छौं,’ सञ्चालक लामाले भन्नु भयो । ‘आगामी दिनमा क्याफेको क्षमता बिस्तारका लागि थप लगानी गर्ने लक्ष्य छ ।’ क्पाफेमा एकै पटकमा ७० जनालाई सेवा प्रदान गर्न सक्छौं,’ उहाँले भन्नु भयो । ‘फ्रि–वाइफाईको सुविधा पनि उपलब्ध छ ।’ समूहमा आउने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको समेत बताउनु भयो । 
क्याफेमा विभिन्न परिकारका भेज तथा नन् भेजका खाजा नास्ताको राम्रो व्यवस्था रहेको उहाँको दावी छ ।
क्याफेमा नेपाली, चाइनिज, इण्डियन, इटालिन, तथा भारतीय लगायत ग्राहकको चाहना अनुसारको खाजाको परिकार खुवाउने उहाँले जानकारी दिनु भयो । होटल तथा रेष्टुरेन्ट व्यवसायमा अनुभव प्राप्त गरेका व्यक्तिहरुबाट क्याफे सञ्चालनमा आएको हो । सञ्चालक जिवन लामा विगत २२ वर्षदेखि नेपाल तथा विभिन्न देशमा होटल व्यवसायमा कार्यरत थिए । होम डेलिभरीको व्यवस्था रहेको छ भने क्याफेमा  ९ जना कर्मचारी कार्यरत छन् । उद्घाटनको अवसरमा मामाघर नेपाललाई ४ हजार नगद समेत प्रदान गरिएको थियो । कार्यक्रममा रेडियो निकासका स्टेशन कोर्डिनेटर कृष्णउदास खनाल,रेडियो निकासकै कोषाध्यक्ष अर्जुन सन्जेल,रेडियो थाहा संचारका जीवराज बख्रेल, लगायतका संचारकर्मीहरुको पनि उपस्थिति थियो ।

0 comments

Write Down Your Responses