Powered by Blogger.
स्वास्थ्य पत्रकार मञ्चमा नयाँ नेतृत्व


काठमाडौं, ६ कात्तिक । स्वास्थ्य विटमा रिर्पोटिङ्ग गर्ने पत्रकारहरुको संस्था ‘स्वास्थ्य पत्रकार मञ्च’ नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट स्वास्थ्य खवर पत्रिकाका अनिल न्यौपानेको  अध्यक्षमा निर्वाचित भएका छन् । 

शनिवार सम्पन्न् मञ्चको अधिवेशनले न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । मञ्चको उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी कल्पना आचार्य र महासचिवमा द काठमाडौं पोष्टका मनिष गौतम, सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । 

यसैगरी सदस्यहरुमा नेपाल समाचारपत्र दैनिककी भगवती तिमिल्सिना , नयाँ पत्रिका दैनिकका  भिषा काफ्ले, अन्नपुर्ण पोष्टकी दीपा दाहाल , नागरिक दैनिकका प्रवीण ढकाल, हाम्रो डक्टर डटकमका उद्धवराज भेटवाल  र कारोबार दैनिककी जुनु भट्टराईलाई निर्वाचित गरेको छ । 

यसैगरी मञ्चको पूर्ण सदस्यमा कान्तिपुर दैनिकका कृष्ण ज्ञवाली , राससकी कल्पना पौडेल , स्वास्थ्य खवरका  डिबी खड्का, हाम्रो डक्टरका वासुदेव न्यौपाने निर्वाचित हुनुभएको छ । 

नयाँ कार्यसमितिले ६ महिनाभित्र स्वास्थ्य पत्रकारहरुको राष्ट्रिय भेला गरी स्वास्थ्य पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको नवनिर्वाचित सचिव सरोज ढुङ्गेलले जानकारी दिनुभयो । 


0 comments

Write Down Your Responses