Powered by Blogger.
निशुल्क स्वास्थ्य शिबिर सम्पन्न


काठमाडौं । पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजनमा स्वाथ्य सेवा समाज नेपालले  दहचोकमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको छ । 

शिविरमा ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले १ सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिबिरमा बिरामीलाई निशुल्क औषधीको पनि ब्यबस्था गरिएको थियो । 

ति मध्ये २० जनालाई अस्पतालमा पु¥याएर थप उपचारको ब्यबस्था मिलाइएको आयोजक मध्य एक मार्क नेपालका मनोबिद गोपाल ढकालले जानकारी दिए । 

यी संस्थाले यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका छन् ।


0 comments

Write Down Your Responses