Powered by Blogger.
खबर ब्रेक डटकमको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम

हेटौँडा,१६ असोज / हेटौँडाबाट सञ्चालमा आएको अनलाईन न्युज पत्रिका खबर ब्रेक डकटकमको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल संवद तथा छठको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी एवम् मकवानपुरको क्षेत्र नंबर २ का सांसद शुवासचन्द्र ठकुरीद्वारा खबर ब्रेक डटकमलाई एक थान कम्युटर प्रदान गरेका छन् ।  क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले सञ्चालनमा ल्याएको खबर ब्रेक लाई थप हौसला प्रदान गर्दै जनताको समचारको सहि संप्रेशण गर्न प्रेरणा प्रदान गर्न कम्प्युटर प्रदान गरिएको सांसद ठकुरीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका ठकुरीले सञ्चार माध्यम राष्ट्रको चौथो अंग रहेको बताउँदै सहि सूचना प्रवाह गर्न मिडिया सक्रिय हुनुपर्ने बताए । नेपालको संविधान कार्यन्वयनमा सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण रहेको भन्दै सांसद ठकुरीले खबर ब्रेक सहि, सत्य तथा जनमुखी पत्रकारितामा सधै क्रियाशिल हुनेमा आफुले विश्वास लिएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य प्रताप विष्टले सांसद ठकुरीले मकवानपुरको संचार माध्यममा एक नयाँ सुरुवात गरेको बताए । ठकुरी कति मिडिया मैत्री रहेको भन्नेकुराको यो सहयोगनै पर्याप्त प्रमाण भएको बताउँदै उनले यो सहयोगले हजारौको समचार लेख्न थप प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गिरिजा अधिकारीले जनप्रतिनिधिहरुबाट मिडियाप्रति भएको यस्ताखाले सहयोगल मिडियामा आवद्ध हुनेहरुलाई हौसला मिल्ने बताए ।
क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी केन्द्रीय सदस्य राजन दाहाल, अनेमसंघ मकवानपुरकी अध्यक्ष पार्वती राना, नेकपा माले मकवानपुरका सचिव भिमसेन महत, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस सेन्टरकी जिल्ला अध्यक्ष नानिमैया विष्ट, प्रेस सोसाइटीका जिल्ला अध्यक्ष मनोज ढोडारी, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, मिडीया नेपालका जिवराज बख्रेल, अनेरास्ववियुवका जिल्ला अध्यक्ष सन्तोष पौडेल, चलचित्र पत्रकार संघका जिल्ला कोषाध्यक्ष कपिल खड्का लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
गत श्रावण २० गतेबाट क्रियशन मिडीया प्रालिले औपचारिक रुपमा सञ्चालन गरेको खबरब्रेक ले चियापानको अवसरमा आफ्ना सदस्यहरुको परिचयात्मक कार्यक्रम समेत गरेको थियो । खबर ब्रेकमा सम्पादक दाहाल रहेका छन् भने प्रमुख टिप्पणीकारहरुमा शिव चौलागाँई, राज सापकोटा, प्रमुख संवाददाता उज्जवल अधिकारी, भाषा सम्पदक सुनिल गौतम, प्रमुख ब्यवस्थापक गोविन्द न्यौपाने, साहित्य तर्फ वालकृष्ण दाहाल, सह–बजार ब्यवस्थापक रविन ढुङ्गाना,सञ्जय देवकोटा रहेका छन् ।
यस्तै क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित खबर ब्रेक डटकमले हेटौँडा ५ सानोपोखरामा रहेको हाम्रो घरमा रहेका असाहय वालवालिकालाई एक छाक खाजा प्रदान गरेको छ ।
आज बाल आश्रममा पुगेर प्रालिका अध्यक्ष धर्मेन्द्र दाहाल, समचार संयोजक राज सापकोटा, प्रमुख संवाददाता उज्जवल अधिकारी तथा व्यवस्थापक गोविन्दप्रसाद न्यौपानेको टोलीले वालगृहकी अध्यक्ष वालकुमारी डल्लाकोटीलाई एक छाकको खाजा हस्तान्तरण गरेका हुन् । खबर ब्रेकले आफ्नौ औपचारिक सुरुवातको अवसर पारेर वालगृहलाई खाजा खुवाएको हो ।

0 comments

Write Down Your Responses