Powered by Blogger.
बृक्षारोपण संरक्षणमा जोड दिन जरुरी


असोज १७, हेटौंडा  /  जिल्ला वन क्षेत्र समन्वय समितिले विभिन्न क्षेत्रमा गरिएको बृक्षारोपणको संरक्षणमा ध्यानदिन सकेमात्र बनक्षेत्रको संरक्षण हुन सक्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला वन क्षेत्र समन्वय समितिले मनहरी ६ रमौली, हेटौंडा ११ र मनहरी २ जोगितालमा गरेको बृक्षारोपणको अवलोकनको क्रममा संरक्षणको निरन्तरता जरुरी रहेको सुझाव समितिलाई दिएका छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराईको नेतृत्वमा गएको टोलीले हेटौंडा ११ को नवलपुर सरस्वती बसामाडी वन क्षेत्रको २५ हेक्टर, मनहरी २ को २२० केभि क्षतिपुर्ति बृक्षारोपण १ सय ४२ हेक्टर र मनहरी ६ रमौली प्रतापपुरको २३ हेक्टर जमीनमा गरिएको बृक्षारोपणको अवलोकन तथा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा इलाका वन कार्यालय मनहरीका सहायक वन अधिकृत शुशिल यादवले बृक्षारोपणको औचित्यता समस्या चुनौति र आगामि कार्ययोजनाको बारेमा अनुगमन टोलीलाई जानकारी गराएका थिए । टोलीमा विभिन्न सरोकारवाला सरकारी निकायका प्रतिनिधि लगायत वन क्षेत्र सँग सम्वन्धितहरुको सहभागिता रहेको थियो । अनुगमन पश्चात समन्वय समितिको बैठकमा जिल्ला वन कार्यालयका विशल भट्टराई, पूर्णकाजी महर्जन, रामकृष्ण यादव, नरहरी चापागाई,काशीराम हमाल, नवलकिशोर साह लगायतकाले आ आफ्नो कार्यालयको आर्थिक वर्ष ७३।७४ को वार्षिक स्विकृत कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । टोलीमा दामोदर खनाल, सिताराम बर्तोला, नवराज विष्ट, ऋषिराम पराजुली, अच्यूत लामिछाने, राजेन्द्र राजभण्डारी, पञ्चमाया स्याडतान, प्रकाश मैनाली लगायतको समभागिता रहेको थियो । बैठक जिल्ला वन कार्यालय मकवानपुरका जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेले टोलीका सबैलाई सकारात्मक सल्लाह र सुझाव दिनको निमित्त आग्रह गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses