Powered by Blogger.
जापानले दियो रेडक्रसलाई चार एम्बुलेन्स


काठमाडौं । जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई ४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार सोसाइटीको केन्द्रीय कार्यालयमा नेपालका लागि जापानका महामहिम राजदुत मासासी ओगाआले रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापामार्फत जिल्लाहरुलाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गर्नुभयो ।

नेपाल रेडक्रसका गुल्मी, प्यूठान, मोरङ् र उदयपुर जिल्लाका रेडक्रस प्रतिनिधिहरुलाई  ती एम्वुलेन्सहरु हस्तान्तरण गरिएको र प्राप्त एम्वुलेन्सहरुको लागत करिव ७४ लाख रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । 

कार्यक्रममा स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रस सोसाइटीलाई जापान सरकार र जापानी रेडक्रसले लामो समय देखिे सहयोग गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । 

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जानपनीज राजदुत ओगाआले भन्नुभयो ‘नेपालका ग्रामीण समुदायका मानिसहरुलाई स्वास्थ्य सेवा खाँचो परिपूर्ति गर्न सहयोग स्वरुप यी एम्बुलेन्सहरु  सहयोगी हुनेछन् ।’

रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले रेडक्रससँग तीन दशक अगाडिदेखि खानेपानी, सरसफाई लगायत मानवीय सेवा कार्यमा सहयोग गर्दै आएकोमा जापान सरकार, जापनीज रेडक्रस र जापानी जनताबाट नेरेसो उत्प्रेरीत भइआएको बताउनुभयो ।

 नेपाल रेडक्रस सोसाइटीले देशका ६७ जिल्लाका २ सय ५ स्थानबाट एम्बुलेन्स सेवा दिइसकेको छ  । 





0 comments

Write Down Your Responses