Powered by Blogger.
पालुङ जेसीजको सप्ताह सुरु, हाजिरी जवाफमा सुनौला मावि प्रथम

रुपक कालिराज

थाहानगर, १ मंसिर । पालुङ जेसीजको जेसिज सप्ताह थाहानगरमा सुरु भएको छ । पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षता तथा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारको प्रमुख आतिथ्यतामा हाजिर जवाफ प्रतियोगिता आयोजना गरी बुधबारबाट जेसिज सप्ताह प्रारम्भ भएको हो ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटनमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेर भएको हो । हाजिरी जवाफ प्रतियोगितामा सुनौला मावि वज्रवाराही प्रथम, वज्रवाराही उच्च मावि द्धितिय र लेकाली बसिफाँट तृतिय भएको कार्यक्रम संयोजक कृष्ण दाहालले जानकारी दिनुभयो । उत्तरी भेगका ८ विद्यालयकोे प्रतियोगितामा सहभागिता रहेका थियो ।

 उदघाटन कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, जेसिजका पदाधिकारीहरु लगायतको उपस्थित रहेको थियो । प्रतियोगितामा विजेता विद्यालयलाई समापन कार्यक्रममा पुरस्कार वितरण गरिने संयोजक दाहालले बताउनु भयो ।

प्रमुख अथिति समेत रहेका परियारले पहिलो पटक जेसिजको कार्यक्रममा सम्वोधन गर्ने अवसर मिलेको बताउदै जेसिजको आस्था निकै नै मार्मिक रहेको र यसलाई सबैले बुझ्नु पर्नेमा जोड दिनु भयो । उहाँले पालुङ जेसीजले समाजमा पु¥याउँदै आएको योगदान र सामाजिक सेवाको बिषयमा समेत वोल्नु भएको थियो । 

जेसीज सप्ताहको अवसरमा बुधबारदेखी  मंसिर ४ गते सम्म बिभिन्न ७ वटा कार्यक्रम राखिएको २०१६ का अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनु भयो ।

सप्ताह व्यापी कार्यक्रम अन्र्तगत मंसिर २ गते भोलि प्राथमिक उपचार तालिम तथा भलिबल प्रतियोगिता, मंसिर ३ गते ट्राफिक जनचेतामुलक कार्यक्रम रहेको वर्ष २०१६ का सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिनु भयो । त्यस्तै एकल गायन तथा एकल नृत्य प्रतियोगिता र मंसिर ४ गते तालिम तथा समापन समारोह रहेको कालिराजले जानकारी दिनु भयो ।




0 comments

Write Down Your Responses