Powered by Blogger.
लोकतान्त्रिक आदिवाशीमा नयाँ नेतृत्व, मकवानपुरबाट सचिवमा बल तथा सदस्यमा लामा, चेपाङ र दनुवार


काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) निकट आदिवाशी जनजातिहरुको संगठन नेपाल लोकतान्त्रीक आदिवाश जनजाती महासंघको प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको । सोमबर राजधानीमा सम्पन्न भएको महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ ।
  
सर्वसम्मत रुपमा चयन गरिएको महासंघको केन्द्रीय सचिवमा मकवानपुरका रामचन्द्र बल चयन भएका छन् । बल नेकपा एमाले मकवानपुर जिल्ल कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज एवं नेपाल लोकतान्त्रिक तामाङ संघका सचिवालय सदस्य हुन् । यस्तै मकवानपुरबाटै मिना लामा पनि महासंघको केन्द्रीय सदस्य भएकी छिन् । उनी एमाले मकवानपुरको उपसचिव हुन् । 

महासंघको अध्यक्षमा पृथ्वी सुब्बा गुरुङ चयन भएका छन् । नेकपा (एमाले) को भातृ सङ्गठनको रुपमा रहेको महासंघको प्रथम राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । महाधिवेशनको उद्घाटन शनिबार भएको थियो । यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ चयन भएका छन् भने उपाध्यक्षहरुमा तीलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपासुर शेर्पा, झकबहादुर थापा, शान्ता चौधरी र चित्रबहादुर थापामगर चयन भएका छन् ।

महासचिवमा भने परशुमेघी गुरुङ चयन भएका छन् । उपमहासचिवद्वयमा टासी लामा र विजय लोप्चन चयन भएका छन् । यसैगरी सचिवहरुमा बलका अलावा पीके राई, शारदा कुमाल र देवराज राई चयन भएका छन् । कोषाध्यक्षमा भने राजेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा रामप्रसाद चौधरी चयन भएका छन् ।

यसअघि नेतृत्व चयनमा कुरा नमिलेपछि सम्मेलन सोमबारसम्म लम्बिएको थियो । अध्यक्षका लागि पार्टीका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ र पोलिटब्युरो सदस्य पर्शुराम मेघी गुरुङ र पोलिट्ब्युरो सदस्य शेरबहादुर तामाङले दाबी गरे पनि अन्तिममा भने तीनै जनाले सहमति गरेको बताइन्छ । 

यसअघि महासंघको ६७ सदस्यीय कार्यसमितिका लागि १ सय ५० जनाको उम्मेदवारी परेको थियो । तर, पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन हुन पुगेको छ । यसअघि महासंघ मातहत ३३ जातिय घटक संघका अध्यक्षहरु पदो हिसाबले स्वत केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।

 नेपाल लोकतान्त्रिक चेपाङ संघका अध्यक्ष गोबिन्दराम चेपाङ र नेपाल लोकतान्त्रिक दनुवार संघका अध्यक्ष रामचन्द्र दनुवार पनि मकवानपुरकै हुन् ।



       


0 comments

Write Down Your Responses