Powered by Blogger.
बिरेन्द्रनगर टोल विकास संस्थाको अध्यक्षमा कँडेल निर्वाचित


हेटौडा, २९ कार्तिक / हेटौँडा उपमहानगरपालिका ४ अवस्थित रहेको बिरेन्द्रनगर टोल विकास संस्थाको अध्यक्षमा सपना कँडेल निर्वाचित हुनभएको छ । संस्थाको तेस्रो वार्षिक साधारण सभाले कडेँलको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कडेँल शक्ति एफएमकी स्टेशन म्यानेजर पनि हुन ।
समितिको उपाध्यक्षमा केसव बहादुर क्षेष्ठ,सचिव केसवराज वाँनिया,कोषाध्यक्ष राधिका आर्चाय चयन भएका छन ।  समितिको सदस्यहरुमा धनबहादुर थापा,चन्द्र बहादुर न्यौपाने, आसा विष्ट,अनुपा अर्याल, धिरज ढकाल ,आश्रय आर्यल र सुधार मैनाली लगायत रहेका छन । 
 सो कार्य समितिको सल्लाहकारमा भगवती कार्की,विशाल विडारी,नवराज मैनाली, राम हरि आचार्य रहेका छन । संस्थाका अध्यक्ष खड्ग गोपालीको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख विके मर्हजनको प्रमुख आतिथ्यता रहेको थियो । 
संस्थाको आर्थिक वर्ष २०६५÷६६ देखि हालसम्म भएको आयब्यय प्रस्तुत गर्दै कोषाध्यक्ष रामहरि आचार्यले ६ लाख ६२ हजार ८ सय तीन रुपैयाँ आम्दानी र चार लाख ७७ हजार चारसय ४३ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
साधारण सभामा संस्थाले ५ जना जेष्ठ नागरिकलाई समेत सम्मान गरेको थियो । ८४ वर्षिय कृष्ण प्रसाद मैनाली, ९७ वर्षिय राम प्रसाद आचार्य, ८० बर्षिय गणेश कुमारी मैनाली, ८४ बर्षिय किसा वाँनिया र  ७६ वाषर््िय भगवती मैनालीलाई दोसल्ला ओडाई सम्मान गरेको हो । संस्थाका उपाध्यक्ष विशाल विडारीले स्वागत मन्तव्य व्याक्त गर्नु भएको सभामा टोला विकास संस्था नगर समन्वय समितिका प्रतिनिधि चन्द्रावती अधिकारी,शक्ति एफ.एमका स्टेसन म्यानेजर सपना कडेँल लगायतको आतिथ्यता रहेको थियो । 

0 comments

Write Down Your Responses